२२ जेठ २०८३, शुक्रबार

निर्वाचनका कारण पाँच दिनअगावै धान दिवस

कात्तिक २०, २०७४
निर्वाचनका कारण पाँच दिनअगावै धान दिवस


खोटाङ, १० असार - निर्धारित मितिभन्दा पाँच दिनअगावै खोटाङमा धुमधामका साथ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।Ropai Gardai

हरेक वर्षको असार १५ गतेका दिन मनाउने गरिएको धान दिवस तथा रोपाइँ महोत्सव यसपल्ट स्थानीय तहको निर्वाचनका कारण पाँच दिनअगावै आज धुमधामका साथ मनाइएको हो ।

असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा सबै केन्द्रित हुनुपर्ने भएकाले असार १५ गते पर्ने १४औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई पाँच दिन अगाडि नै आयोजना गरिएको जिल्ला कृषि विकास कार्यालय, खोटाङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले बताउनुभयो ।

‘दुई बाली धानखेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ भन्ने नारासहित रुपाकोट मझुवागढी नगरपालिका–२, सोल्मास्थित युवा कृषक दीपेन्द्र राईको खेतमा असारे गीत गाएर हिलोको होली खेल्दै रोपाइँ गरिएको हो ।

सवल परियोजना, प्रयास÷हेल्भेटास र जनजागरण मूल कृषक समूहको सहयोगमा जिल्ला कृषि विकास कार्यालय, खोटाङले दिवसको आयोजना गरेको थियो । रोपाइँ महोत्सवमा जिल्लास्थित राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, सुरक्षा निकाय, पत्रकारलगायत सहभागी भएका थिए ।

रोपाइँ महोत्सवका वक्ताहरुले परम्परागत खेती प्रणालीलाई न्यूनीकरण गर्दै आधुनिक खेती प्रणाली अपनाउनुपर्नेमा जोड दिएका छन् । जिल्लामा हिउँदे र बर्खे गरी १५ हजार हेक्टरमा धानखेती गर्ने गरिएको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्