०१ साउन २०८३, शुक्रबार

आगामी निर्वाचनसम्म गठबन्धन कायम रहन्छ – नेपाल

आगामी निर्वाचनसम्म गठबन्धन कायम रहन्छ – नेपाल


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका छन् । जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा आज बोल्दै उनले राष्ट्रियसभा, उपनिर्वाचनसहित आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने बताए।

देशमा असम्भव ठानिएका काम आफ्नो नेतृत्वमा भएको भन्दै उनले अब समाजवादी पार्टीलाई मजबुद बनाउने कामसमेत आफ्नै नेतृत्वमा आएको बताए ।

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णराज पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, आन्तरिक मामिला  मन्त्री कृष्ण खनाल, पार्टीका प्रवक्ता जगन्नाथ खतिवडालगायतले बोलेका थिए । रासस

salt training

कमेन्ट गर्नुहोस्