काठमाड, ११ असार - त्रिभुवन अन्तराराष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका कर्मचारीहरुले एक भारतीय दम्पतीको नक्कली (भारतीय) राहदानीमा प्रस्थान अनुमति(डिपार्चर) दिएको पाइएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।
काठमाडौबाट चीनको गन्झाउ हुँदै शुक्रवार क्यानडा जान लागेका भारतीय दम्पतीलाई विमानस्थलका अध्यागमन अधिकृतले नक्कली भारतीय राहदानीमा प्रस्थान अनुमति दिएका हुन ।गन्झाउ विमानस्थल स्थित अध्यागमनले ती भारतीय दम्पतीलाई भारतीय राहदानी र प्रवेशाज्ञा(भिसा) शंकास्पद भएको भन्दै फिर्ता पठाए पछि विमानस्थल अध्यागमनका अधिकारीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जर्नेल सिंह र उनकी पत्नी हर्जोत कउर रहेका छन् ।
चीनको गन्झाउ विमानस्थलस्थित अध्यामगनका अधिकारीहरुले ती भारतीय नागरिकले प्रयोग गरेको राहदानी र क्यानडाको प्रवेशाज्ञा(भिसा) नक्कली भएको भन्दै शुक्रवार फर्काइदिएको (इन्ट्री रिफ्युज) थियो । अध्यागमन कार्यालयका अधिकृतले भारतीय दम्पतीको राहदानीलाई मेसिनले ‘रिड' गरेको दावी गरेका छन । विमानस्थल अध्यामगनका अधिकृतले भने , ‘मेसिनले रिड गरे पछि प्रस्थान अनुमति दिएका थियोै । हाम्रो कुनै संलग्न छैन । प्राविधि समस्या हुन सक्छ ।'