०६ साउन २०८३, बुधबार

एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डाहरू

एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डाहरू

आसन्न १० औं राष्ट्रिय महाधिवेशनको विषयमा छलफल गर्न मंगलवार नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । 

बैठक मंगलवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

यसअघि बैठक सोमवार दिउँसो बस्ने भनिएपनि अन्तिम समयमा सरेको थियो । 

बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी तथा ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनको मापदण्डबारे छलफल हुने बताइएको छ ।

यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा झण्डै २ हजार प्रतिनिधि सहभागी हुनेछन्।  

salt training

कमेन्ट गर्नुहोस्