३० असार २०८३, मंगलबार

खाने–बस्ने प्रबन्ध मिलाउन समस्या भएपछि प्रदेश १ बाट एमालेले महाधिवेशनमा २५ हजारमात्रै कार्यकर्ता लैजाने !

खाने–बस्ने प्रबन्ध मिलाउन समस्या भएपछि प्रदेश १ बाट एमालेले महाधिवेशनमा २५ हजारमात्रै कार्यकर्ता लैजाने !

चितवनमा हुने दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनको खुल्ला सत्रमा एमाले प्रदेश १ वाट २५ हजार कार्यकर्ता उतार्ने प्रदेश कमिटीले जनाएको छ ।

यही मंसिर १० देखि १२ गतेसम्म एमालेले चितवनमा दशौं महाधिवेशन गर्दै छ  ।

कतै चुनावी प्रकृया र कतै सर्वसम्मत गरेर प्रतिनिधि छुट्याएको एमालेले प्रदेश १ वाट २५ हजार कार्यकर्तालाई खुल्ला सत्रमा उतार्ने प्रदेश कमिटि सचिव बिनोद ढकालले बताए ।

महाधिवेशनमा ५ लाख कार्यकर्तालाई सहभागि गराउने दावि गरिए पनि एमालेको गढ मानिएको प्रदेशबाट भने थोरै कार्यकर्तालाई सहभागि गराउने भएको छ ।

'हामीलाई ल्याउन लानका लागि समस्या छैन,' प्रदेश कमिटी सचिव ढकालले भने,'...तर लगेर मात्रै भएन खाने बस्नेको पनि प्रबन्ध गर्न समस्या भएकोले थोरै लैजान खोजिएको हो ।'

आफनै स्रोतसाधन भएका धेरै साथीहरु आफ्नै  हिसावले जाने उनको भनाइ छ ।

मोरङले उत्तरी क्षेत्रका १ वडा एक बस र दक्षिणी क्षेत्र एउटा नगरपालिका बाट  ३ देखि ४ वटा बसमा कार्यकर्ता लैजाने तयारी भइरहेको मोरङका अध्यक्ष ऋसिकेस पोख्रेलले बताए ।

महाधिवेशनको प्रचारप्रसार स्वरूप एक जिल्ला एक गेट बनाउने केन्द्र निर्देशन भएपनि मोरङले भने गेट निर्माण नगर्ने भएको छ । बसपार्कमा ब्यानर मात्रै राखिने अध्यक्ष पोख्रेलको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्