०८ असार २०८३, सोमबार

सिंहदरबारमा मन्त्रीको आतंक, बिच्किए कर्मचारी

सिंहदरबारमा मन्त्रीको आतंक, बिच्किए कर्मचारी
फाइल तस्बिर

मन्त्रीहरुले सचिव, सहसचिव तथा अन्य कर्मचारीहरुलाई आतंकित पार्न थालेपछि सचिवलगायतका उच्च्पदस्थहरुले सरुवा माग गर्न थालेका छन् । सचिव तथा सहसचिवहरुले आफ्नो अनुकूलको काम नगरिदिँदा मन्त्रीहरुले अनावश्यक टर्चर दिनुका साथै सरुवा गराइदिने धम्की दिन थालेको खबर राजधानी दैनिकमा छापिएको छ ।

मन्त्रीहरुको अनावश्यक टर्चर, धम्की र गैरकानुनी कार्य गर्न दवावलाई केही सचिवले अस्वीकार गरेपछि मन्त्री र सचिवबीच द्वन्द्वसमेत बढ्न थालेको छ । मन्त्रीहरुको दवाव विरुद्ध केही सचिवले प्रधानमन्त्री कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवाका लागि मौखिक जानकारी समेत गराएको समाचारमा उल्लेख छ ।  उनीहरुले मन्त्रीहरुको गैरकानुनी आदेश मान्न नसकिने चेतावनी समेत दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्