पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
मंसिर ७, २०७८
देशको राजधानी काठमाडौंको दृश्य हो यो, जहाँ हरेक दिन हजारौं गाडीको ओहोरदोहोर गर्छन् । देशको कुना कन्दराबाट दैनिकजसो गाडी भित्रिरहन्छन् र एकोहोरो हजारौं गाडी कुदिरहन्छन।
यति धेरै गाडी कुद्नुपर्ने राजधानी जस्तो ठाउँका सडक भने खाल्डखुल्डी र धूलैधूलोले भरिएको देखिन्छ। काठमाडौंको कुनै एउटा चोकमा मास्क नलगाइकन एकछिन उभिनुभयो भने श्वास फेर्न नसकिने गरी धूलोको मुस्लो आउने गर्दछ । झन् सडक चौडा गर्ने भनेर खनेको सडक त बन्ने कहिले हो कहिले । त्यही खनेर छाडेको धूलोले सर्वसाधारण आजित भइसकेका छन् ।
भिडियोमा देखाइएको दृश्य कुनै खानी क्षेत्रको होइन, राजधानी काठमाडौं उपत्यकाको एक घनाबस्ती हो । ललितपुरको सातदोबाटो–गोदावरी सडक खण्डको हरिसिद्धि क्षेत्रको मूल सडकमा उडेको धूलोमा निसास्सिएका नागरिक हुन् । आम नागरिकप्रति राज्य संयन्त्र कति क्रुर बन्न सक्छ भन्ने उदाहरण हो यो । बिदुर लामिछाने जो हरिसिद्धि क्षेत्रमा दुई वर्षदेखि किराना पसल चलाएर बस्छन्, तर विडम्बना जहिलेबाट उनले पसल चलाउन थाले त्यही दिनबाट यो सडकलाई चौडा पार्ने भनेर डोजर चलाइयो । आजसम्म पनि यस सडकका आसपास व्यापार व्यवसाय गरेर बस्नेले पिच कहिले हुने भनी कुरिरहेका छन् ।
हरिसिद्धि मात्र होइन, काठमाडौं उपत्यकाका अधिकांश सडकको दुर्दशा यस्तै छ । कोटेश्वरमा मुख्य सडकको दाँयाबाँया सडक विस्तार गर्ने भनेर खनिएको बाटो अहिलेसम्म पिच हुन सकेको छैन, जसका कारण त्यहाँ हिँड्ने बटुवा, सर्वसाधारण र फूटपाथे व्यापारीले दैनिक जसो धूलो खाइरहेका छन् । त्यस्तै भैँसेपाटी जाने सडकको हालत पनि उस्तै छ, जहाँ बर्खामा हिलो र हिउँदमा धूलोले हिँडिसाध्ये हुँदैन ।
सडक विस्तार र मर्मतको काम समयमा नगर्ने ठेकेदारलाई पुरस्कृत गरेर सरकारले नागरिकलाई धूलो खुवाइरहेको छ । यही हो राजधानी शहर ? यसमा सम्बन्धित निकाय र सरकारको ध्यान गएको देखिँदैन । देशको राजधानीलाई ‘ग्यास च्याम्बर’ बनाउने दोषी को हो ? किन दोषीमाथि कारवाही हुँदैन सरकार ? किन सडक चाँढो बनाइँदैन ? कहिलेसम्म जनतालाई धूलो खुवाइरहने सरकार ?
हेर्नुहोस्, भिडियो रिपोर्ट :
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...