१८ असार २०८३, बिहीबार

नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान

नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान

सिरियामा तैनाथ राष्ट्रसंघीय हतियाररहित पर्यवेक्षक बल (यूएनडीओएफ) मा सहभागी हुन १९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान गरेको छ । 

यान्त्रिक पैदल सेना, समीप सुरक्षा इकाइ, इञ्जिनियर र स्वास्थ्यकर्मीसमेत समाविष्ट उक्त टोली राष्ट्रसंघको विशेष उडानबाट आज बिहान कार्यक्षेत्रतर्फ प्रस्थान गरेको हो । 

राष्ट्रसंघीय सुरक्षा परिषद्ले सन् १९७४ मा इजरायल र सिरियाबीचको युद्धविराम भंग हुन नदिन, इजरायली, सिरियाली सेना हातहतियाररहित भएको सुनिश्चित गर्न तथा दुई देशबीच छुट्याइएका सीमा क्षेत्र र सीमितताको पर्यवेक्षण गर्न यूएनडीओएफ स्थापना भएको हो । 

यूएनडीओएफको स्थापनाकालदेखि नै नेपाली सेनाले उक्त ‘मिसन’मा शान्ति सेनामा योगदान पुर्‍याउँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्