०९ साउन २०८३, शनिबार

एमाले महाधिवेशनमा कुनै विवाद छैन- गोकर्ण विष्ट

एमाले महाधिवेशनमा कुनै विवाद छैन- गोकर्ण विष्ट
फाइल तस्वीर।

नेकपा(एमाले)का सचिव गोकर्ण विष्टले आगामी महाधिवेशनको सम्बन्धमा कुनै पनि विवाद र अन्तरविरोध नरहेको बताएका छन् । 

मंगलवार नेकपा(एमाले)को स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सचिव विष्टले एमालेको महाधिवेशन सहमति र समझदारीकै आधारमा सम्पन्न गर्ने बताए । 

‘आजको सन्दर्भमा नेकपा (एमाले)लाई चारै तर्फबाट जुन ढंगले घेराबन्दी गर्ने प्रयत्न गरिँदैछ, एमालेमाथि षड्यन्त्र गरिँदैछ । जुन प्रकारले प्रहारको निशाना बनाइँदै छ, यो कुरालाई हामीले गम्भीरतासाथ मनन गर्दै सहमति, समझदारीका आधारमा एउटा निश्चित मर्यादाको सीमाभित्र रहेर नै हामीले महाधिवेशन सम्पन्न गर्छौं,’ उनले भने, ‘यसतर्फ हामी अत्यन्त गम्भीर हुन्छौँ । एमालेभित्र विवाद, अन्तरविरोध छैन । एमाले स्वस्थ ढंगले, मर्यादित ढंगले, सझदारीताका साथ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्‍यौँ भनेर सन्देश दिने, आमकार्यकर्ताहरुमा एकताको भावना पैदा गर्ने, आम कार्यकर्ताहरूमा उत्साह पैदा गर्ने, जनताको अपेक्षाहरूलाई पूरा गर्ने, सशक्त, एकताबद्ध पार्टी निर्माण गर्ने गरी नै हामी भूमिका खेल्छौँ । यो महाधिवेशनमा कुनै पनि प्रकारको त्यस्तो किचलो, समस्या हुँदैन ।’

एमाले सचिव विष्टले एमालेभित्र कुनै गुटबन्दी र प्यानल नभएको जिकिर गरे । 

salt training

कमेन्ट गर्नुहोस्