०७ असार २०८३, आइतबार

फ्रन्टलाइन हिरोहरूलाई धन्यवाद दिँदै कोका–कोलाले गर्‍यो अन–ग्राउन्ड एक्टिभेसन

फ्रन्टलाइन हिरोहरूलाई धन्यवाद दिँदै कोका–कोलाले गर्‍यो अन–ग्राउन्ड एक्टिभेसन

कोका–कोलाले कोभिड महामारीको समयमा फ्रन्टलाइनमा रहेर काम गर्ने सम्पूर्ण कर्मचारीहरूप्रति विशेष रुपमा समर्पित अन–ग्राउन्ड एक्टिभेसन  सम्पन्न गरेको छ ।

आफ्नो नजिकको मान्छेहरु र विशेष गरि महामारीको समयमा अनवरत सेवामा खटिने कर्मचारीहरूप्रति कृतज्ञता ज्ञापन गर्ने मुख्य उद्धेश्यका साथ सन्चालन गरिएको उक्त एक्टिभेसन कार्यक्रम कोका–कोलाको सन २०२१ को दशैँ क्याम्पेन अन्तर्गत धन्यवाद शीर्षकको एक हिस्सा रहेको कम्पनीले जनाएको छ।

उक्त अन–ग्राउन्ड एक्टिभेसन कार्यक्रमको दौरानमा कोका–कोलाले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), स्टार अस्पताल (काठमाडौं) र ह्याम्स अस्पताल (काठमाडौं) लगायत नेपालको प्रमुख ५ कोभिड अस्पतालहरूसँग आबद्ध भएको थियो ।

यसैगरि एम्बुलेन्स सेवा प्रदायक 'नेपाल एम्बुलेन्स सेवा', 'वुमन फर ह्यूमन राइट्स' र क्रिमशन इनको सञ्जाल अन्तर्गत फोहोर व्यवस्थापनमा संलग्न कामदारहरु लगायत महामारीको समयमा उल्लेखनीय योगदान पुर्‍याउने अन्य १३ गैर–सरकारी संस्थाहरूसँग पनि कोका–कोलाले सहकार्य गरेको थियो ।

यो क्याम्पेनको दौरानमा कोका–कोलाले अग्रपंक्तिमा रहेर काम गर्ने सेवा प्रदायकहरुलाई उपहारको रुपमा उनीहरुको नाम छापिएको कोक बोटल र कोका–कोला कन्टोर ग्लास भएको पर्सनलाइज्ड धन्यवाद गिफ्ट बक्स प्रदान गरेको थियो । 

ह्याम्स अस्पतालको कोभिड वार्डमा निरन्तर कार्यरत रजिस्टर्ड नर्स ज्योति अधिकारीले भने,'कोभिड महामारीको दोश्रो लहरले नेपाललाई नराम्रोसँग प्रहार गर्‍यो । नाजुक अवस्थाका विरामीहरुको सेवा गर्न हाम्रो नियमित कार्य घण्टा अपर्याप्त भएकोले हामीले दिनको १४ घण्टाभन्दा बढी काम गर्न शुरू गर्‍यौँ । यो निश्चय नै हाम्रो देशले सामना गर्नुपरेको डर मर्दो अनुभव थियो । यस्तो संकटसँग जुध्दै गर्दा कोका–कोला जस्तो प्रतिष्ठित ब्रान्डले हाम्रो कामको प्रशंसा गरिदिँदा हामी आह्लादित भएका छौँ र यसले हामीलाई अझै राम्रो सेवा गर्ने प्रोत्साहित गरेको छ । '

अभियानको बारेमा बोल्दै कोका–कोला नेपालको कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने,'यो वर्षको दशैँमा हामीले सम्पूर्ण फ्रन्टलाइन हिरोहरुलाई हृदयदेखि नै आभार व्यक्त गर्ने एउटा सानो प्रयास स्वरुप 'धन्यवाद अन–ग्राउन्ड एक्टिभेसन' सन्चालन गर्‍यौँ । यो महामारीको समयमा पनि हामी र हाम्रो समुदायको सुरक्षाको लागि उनीहरुले गरेको अनवरत परिश्रमलाई हामी सम्मान गर्दछौँ । समुदायप्रति उनीहरुको निःस्वार्थ प्रतिबद्धतालाई हामी फेरी पनि सलाम गर्दछौँ ।'

आफ्नो कठिन समयमा साथ दिने साथी/नातेदारलाई 'धन्यवाद' लेखिएको कोकको बोटलको साथमा आभार व्यक्त गर्न आफ्नो उपभोक्तालाई हौसला र प्रोत्साहन दिन भन्दै कोका–कोलाले गत सेप्टेम्बरमा धन्यवाद शीर्षक दशैँ क्याम्पेन ल्याएको थियो ।

आमा, बुवा, दाजु, भाइ, दिदी, बहिनी, साथी र सेवाकर्मी गरि ८ वटा सम्बन्धहरूको लागि 'धन्यवाद' लेखिएको नयाँ कोक बोटल पनि बजारमा ल्याएको थियो । हाम्रो जीवनमा खास भुमिका निर्वाह गर्ने मानिसहरुलाई समर्पित गर्नको लागि सम्पूर्ण चाडपर्वको अवधिभर कोका–कोलाको नियमित प्याकेजिङ लेबलको सट्टामा 'धन्यवाद' लेखिएको कोक बोटल वितरण गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्