२४ असार २०८३, बुधबार

विद्यालय जाँदै गरेका प्रधानाध्यापकमाथि गोली प्रहार, थप उपचारका लागि काठमाडौं ल्याइयो

कात्तिक २०, २०७४
विद्यालय जाँदै गरेका प्रधानाध्यापकमाथि गोली प्रहार, थप उपचारका लागि काठमाडौं ल्याइयो
धनुषा,११ असार- जनकपुरमा विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि आइतबार बिहान गोली प्रहार गरिएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि सिनुरजोडाका ४७ वर्षीय प्रधानाध्यापक नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो ।

सोही विद्यालयमा कार्यरत रहेका अस्थायी शिक्षक आनन्दकुमार मण्डलले चलाईरहेको मोटरसाइकलमा बसेर विद्यालय गईरहेको समयमा उनीमाथि गोली प्रहार गरिएको हो ।

जनकपुर उपमहानगरपालिका–७ निवासी प्रअ शर्मा बिहान ६ः३० बजे आफ्नो घरबाट विद्यालय जाँदै गरेका बेला लक्ष्मीनिया चोकदेखि पश्चिम बाटोमा मोटरसाइकलमा आएका दुई हतियारधारी समूहले गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ । शर्माको बायाँ गालामा गोली लागेको छ । घाइते शर्मालाई उपचारकालागि जनकपुर अञ्चल अस्प्तलामा भर्ना गरिएपनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौँस्थित ग्राण्डी अस्पताल पठाईएको छ । एयर डाइनास्टीको नाईन एन ए जी यु हेलिकप्टर चार्टर गरी उनलाई बिहान काठमाण्डौँ पठाईएको हो ।

जनकपुर अञ्चल अस्पतालमा उनलाई प्रारम्भिक उपचार गरिएपनि गालामा रहेको गोलीको तीन टुक्रा बाहिर निकाल्न नसकेपछि थप उपचारका लागि ग्राण्डी अस्पताल रेफर गरिएको हो । साविक महोत्तरीको भ्रमरपुरा स्थायी घर भएका शर्मा हाल जनकपुरउपमहानगरपालिका ७ स्थित जिरोमाईलमा बसाई सरेका थिए ।

विगत तीन वर्षदेखि उनी उक्त विद्यालयमा प्रअ. नियुक्त भएका थिए । विद्यालयमा कार्यरत रहेका शिक्षक धनेश्वर यादवका अनुसार विद्यालयको कुनै पनि समस्या नरहेको तथा आर्थिक कारोबारमा पनि कुनै किसिमको समस्या नरहेकाले विद्यालयको आन्तरिक कारणले गोली प्रहार हुन नसक्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले चालक मण्डलसहित मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । अनुसन्धानमा संलग्न रहेका धनुषाका प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवका अनुसार घटनालाई विद्यालयमा भएको कुनै विषय वा उनको निजि आर्थिक लेनदेनका कारण गोली प्रहार गरिएको हो भन्ने दुई वटा कोणबाट प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ ।

प्रहरीले घाइते शर्मासँग पनि जनकपुर अञ्चल अस्पतालमै बयान लिएको छ । प्रहरीका अनुसार घटनामा संलग्न रहेका व्यक्तिको पहिचान भई खोजतलासको कार्य जारी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्