×

NIC ASIA

विद्यालय जाँदै गरेका प्रधानाध्यापकमाथि गोली प्रहार, थप उपचारका लागि काठमाडौं ल्याइयो

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
धनुषा,११ असार- जनकपुरमा विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि आइतबार बिहान गोली प्रहार गरिएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि सिनुरजोडाका ४७ वर्षीय प्रधानाध्यापक नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो ।

सोही विद्यालयमा कार्यरत रहेका अस्थायी शिक्षक आनन्दकुमार मण्डलले चलाईरहेको मोटरसाइकलमा बसेर विद्यालय गईरहेको समयमा उनीमाथि गोली प्रहार गरिएको हो ।

जनकपुर उपमहानगरपालिका–७ निवासी प्रअ शर्मा बिहान ६ः३० बजे आफ्नो घरबाट विद्यालय जाँदै गरेका बेला लक्ष्मीनिया चोकदेखि पश्चिम बाटोमा मोटरसाइकलमा आएका दुई हतियारधारी समूहले गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ । शर्माको बायाँ गालामा गोली लागेको छ । घाइते शर्मालाई उपचारकालागि जनकपुर अञ्चल अस्प्तलामा भर्ना गरिएपनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौँस्थित ग्राण्डी अस्पताल पठाईएको छ । एयर डाइनास्टीको नाईन एन ए जी यु हेलिकप्टर चार्टर गरी उनलाई बिहान काठमाण्डौँ पठाईएको हो ।

जनकपुर अञ्चल अस्पतालमा उनलाई प्रारम्भिक उपचार गरिएपनि गालामा रहेको गोलीको तीन टुक्रा बाहिर निकाल्न नसकेपछि थप उपचारका लागि ग्राण्डी अस्पताल रेफर गरिएको हो । साविक महोत्तरीको भ्रमरपुरा स्थायी घर भएका शर्मा हाल जनकपुरउपमहानगरपालिका ७ स्थित जिरोमाईलमा बसाई सरेका थिए ।

विगत तीन वर्षदेखि उनी उक्त विद्यालयमा प्रअ. नियुक्त भएका थिए । विद्यालयमा कार्यरत रहेका शिक्षक धनेश्वर यादवका अनुसार विद्यालयको कुनै पनि समस्या नरहेको तथा आर्थिक कारोबारमा पनि कुनै किसिमको समस्या नरहेकाले विद्यालयको आन्तरिक कारणले गोली प्रहार हुन नसक्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले चालक मण्डलसहित मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । अनुसन्धानमा संलग्न रहेका धनुषाका प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवका अनुसार घटनालाई विद्यालयमा भएको कुनै विषय वा उनको निजि आर्थिक लेनदेनका कारण गोली प्रहार गरिएको हो भन्ने दुई वटा कोणबाट प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ ।

प्रहरीले घाइते शर्मासँग पनि जनकपुर अञ्चल अस्पतालमै बयान लिएको छ । प्रहरीका अनुसार घटनामा संलग्न रहेका व्यक्तिको पहिचान भई खोजतलासको कार्य जारी रहेको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x