३० जेठ २०८३, शनिबार

एमाले महाधिवेशन प्रतिनिधिको संख्या २२ सय ९७ पुग्यो, निर्वाचन कार्यतालिका स्वीकृत

एमाले महाधिवेशन प्रतिनिधिको संख्या २२ सय ९७ पुग्यो, निर्वाचन कार्यतालिका स्वीकृत

नेकपा एमालेले दशौं राष्टिय महाधिवेशनको लागि सबै प्रतिनिधि मनोनयन टुंगो लगाएको छ । आज बसेको स्थायी कमिटीको बैठकले कुल प्रतिनिधिको पाँच प्रतिशत मनोनयन गरेर महाधिवेशन प्रतिनिधि टुंगो लगाएको हो ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले १०३ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराइले बताए । यससँगै एमाले महाधिवेशन प्रतिनिधिको संख्या २ हजार २९७ पुगेको छ । एमालेको १०औं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सवै उम्मेदवारको मनोनयन मंसिर ११ गते र १२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने भट्टराइले बताए । पार्टी निर्वाचन आयोगको सिफारिसका आधारमा स्थायी कमिटी बैठकले उक्त कार्यतालिका अनुमोदन गरेको उनले जानकारी दिए ।

एमालेको महाधिवेशनमा पदेन प्रतिनिधि २३८, निर्वाचित प्रतिनिधि १८७९ निर्वाचित भैसकेका छन । त्यसैगरी, उत्पीडित दलित तर्फका १९५ र त्यसमा ६२ जना महिला रहेका छन् । अहिलेसम्म कुल महिला प्रतिनिधि ५७६ छन् ।
त्यसबाहेक, महोत्तरी, रौतहट र भुपू सैनिकबाट गरी ६८ जना प्रतिनिधि चयन भएर आउन बाँकी रहेको उनले बताए । मनोनित र चयन हुन बाँकी ६८ जनाबाट पनि दलित र महिला सदस्य थपिने भट्टराइले बताए ।

salt training

कमेन्ट गर्नुहोस्