२४ जेठ २०८३, आइतबार

रुपन्देहीमा काँग्रेसको मतगणनास्थलमा गुटको झगडा, एक जना घाइते

रुपन्देहीमा काँग्रेसको मतगणनास्थलमा गुटको झगडा, एक जना घाइते

रुपन्देहीमा नेपाली काँग्रेसका दुई समूहबीच झडप भएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर २ को मतगणना जारी रहँदा दुई गुटबीच विवाद उग्र हुँदै झडप भएको हो । झडपमा एक जना घाइते भएका छन् । घाइतेमा नेता रामचन्द्र पौडेल पक्षका महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घबहादुर केसी (कुमार) रहेका छन्। उनीमाथि शेरबहादुर देउवा पक्षका कार्यकर्ताले आक्रमण गरेको बताइएको छ ।  केसीको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको कांग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले जानकारी दिए ।
मतगणनामा पौडेल समूहका उम्मेदवारहरूले अग्रता लिएका थिए । आक्रमण पछि अहिले मतगणना स्थगित भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्