३० जेठ २०८३, शनिबार

महामारी मत्थर भएसँगै कामदारको माग बढ्यो

मंसिर ८, २०७८
महामारी मत्थर भएसँगै कामदारको माग बढ्यो

 कोरोना महामारी मत्थर भएसँगै तङ्ग्रिन थालेको वैदेशिक रोजगारीमा गन्तव्य मुलुकहरूबाट नेपाली कामदारको माग बढ्न थालेको छ । नेपाली कामदारको माग बढेसँगै वैदेशिक रोजगारीमा जानेको संख्यामा प्रत्येक महीनौंजसो बढ्दो देखिएको हो । देशमै पर्याप्त रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीका लागि नेपालबाट कात्तिक महीनामा मात्रै करीब ५५ हजार युवा विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार कात्तिक महीनामै खाडी, मलेशिया तथा अन्य मुलुकमा रोजगारीका लागि ५४ हजाार ९ सय १८ नेपालबाट विदेशिएका छन् । यसमा दुबई १३ हजार ५ सय ५०, साउदी अरब १७ हजार ९ जना र सबैभन्दा बढी कतार १९ हजार ८१ जना युवा पुगेका छन् । यस्तै, कात्तिक महीनामै नयाँ कामको खोजीमा म्यानपावरमार्पmत २७ हजार ७ सय ९ जना युवा वैदेशिक रोजगारीमा गएका छन् ।

कात्तिक महीनामा बिदामा नेपाल आएर पुनः वैदेशिक रोजगारीका लागि फर्कनेको संख्या २४ हजार ९ सय रहेको छ । अहिले दैनिक २ हजारसम्म युवा रोजगारीका लागि विदेशिन थालेका छन् । मलेशियाले पनि भर्खरै मात्रै कामदार लैजान शुरू गरेको छ । कात्तिक महीनामा नेपालबाट ८२ जना कामदार रोजगारीका लागि मलेशिया पुगेका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकमा मात्रै १ लाख ५६ हजार ५७ जना युवा रोजगारीका लागि विदेशिएका छन् । आर्थिक अभियान दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्