२४ जेठ २०८३, आइतबार

रुपन्देही–२ को सभापतिमा पौडेल निकट लम्साल विजयी

रुपन्देही–२ को सभापतिमा पौडेल निकट लम्साल विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा हरि लम्साल पुनः विजयी भएका छन् ।

मंगलवार सम्पन्न क्षेत्रीय अधिवेशनबाट १६० मत अन्तरले पौडेल समूहका लम्साल पुनः विजयी भएका हुन् ।

सभापतिमा विजयी पौडेल समूहका लम्सालले ४०२ मत प्राप्त गर्दा देउवा समूहका प्रतिस्पर्धी काजीमान श्रेष्ठले २४२ मत प्राप्त गरेका प्रमुख मतदान अधिकृत टीकाराम शर्माले बताए ।

सचिव पदमा देउवा समूहका उम्मेदवार प्रजापाल गिरी र पौडेल समूहका विमलराज भट्टराई निर्वाचित भएका छन् । सचिवमा निर्वाचित देउवा समूहका गिरीले ४२९ मत र पौडेल समूहका भट्टराईले ३६८ मत प्राप्त गरेका छन् ।

सहसचिव पदमा पौडेल समूहका मिलन थापा ३५१ मत र राजबहादुर क्षेत्री ३४० मतसहित विजयी भएका छन् ।

महाधिवेशन प्रतिनिधिमा पनि मिश्रित परिणाम आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्