
नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरि बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
पार्टीको १४औं महाधिवेशनअन्र्तगत कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट बोहरा महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ उम्मेदवार थिए ।
सभापति बोहराले २४४ मत प्राप्त गरे । पूर्व सांसद बलदेब बोहरा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनले १९० मत प्राप्त गरे ।
सो निर्वाचन क्षेत्रमा पुरुषतर्फ १९ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो भने १० जना निर्वाचित भएका छन् । निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा बहादुरसिंह थापा, चिन्तामणि भट्ट, हेमराज ओझा, लोकबहादुर देउवा, पुष्करराज ओझा, दलबहादुर बोहरा, मिनबहादुर सिंह, दुर्गादत्त भट्ट, उद्धव बोहरा र टिकाराम बैज छन् ।
क्षेत्र नम्बर २ मा कूल ५०४ मत खसेको थियो ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट पुरुष खुलातर्फ महाधिवेशन प्रतिनिधिमा यज्ञराज जोशी, खगेश्वर बोहरा, बेलबहादुर रानामगर, प्रकाश थापा, दीपक सिंह, पदम बोगटी, आसेफ कुवँर (भुन्टु), तारणीदत्त चटौत, जंगबहादुर चन्द र बीरबहादुर सुनार निर्वाचित भएका छन् ।
सो क्षेत्रमा पुरुष खुल्लातर्फ ३२ जना महाधिवेशन प्रतिनिधिका लागि चुनावी प्रतिस्पर्धामा थिए ।