२९ जेठ २०८३, शुक्रबार

कांग्रेस महाधिवेशन : डोटीमा सभापतिका लागि पुनः मतदान

कांग्रेस महाधिवेशन : डोटीमा सभापतिका लागि पुनः मतदान

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत डोटीमा पार्टी सभापतिका लागि पुनः मतदान हुँदैछ । 

मंगलवार भएको निर्वाचनमा कूल खसेको मतमध्ये ५१ प्रतिशत कसैले पनि ल्याउन नसकेका कारण आज पुनः मतदान हुन लागेको हो ।

जिल्ला सभापतिमा भूमिराज बडु र नरेन्द्रबहादुर सिंहबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचन समितिका अनुसार मंगलवार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार थिए ।

नरेन्द्रबहादुर सिंहले ३५८, भूमिराज बडूले ३४२, प्रदीप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझाले ३४ मत प्राप्त गरेका थिए । 

५१ प्रतिशत मत ल्याउने उम्मेदवार मात्रै विजयी हुने कांग्रेसको विधानमा व्यवस्था छ । 

जिल्लामा कूल एक हजार १०७ मतदाता छन् । 

salt training

कमेन्ट गर्नुहोस्