१३ असार २०८३, शनिबार

भारतमा स्कूल खुलेसँगै कोरोना फैलिँदै

मंसिर ८, २०७८
भारतमा स्कूल खुलेसँगै कोरोना फैलिँदै

भारतका विभिन्न राज्यमा स्कूल खुलेसँगै कोरोना भाइरस संक्रमण फैलिन थालेको छ ।

विद्यार्थीलाई भौतिक उपस्थितिमै बोलाएर कक्षा सञ्चालन गर्न थालिएपछि कोरोना बढ्न थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राजस्थान राज्यको जयपुरमा ११ विद्यार्थीमा कोरोना देखिएको छ । विद्यालय खुलेको बेला विद्यार्थीमा संक्रमण देखिनुलाई चिन्ताजनक रूपमा हेरिएको छ ।

तलंगाना राज्यमा २८ विद्यार्थीमा संक्रमण देखिएको छ । यसरी विद्यार्थीमा सामूहिक संक्रमण देखिन थालेपछि विद्यालय बन्द गरिएको छ ।

स्थानीय प्रशासनले कोरोना फैलिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न निर्देशन दिएको छ ।

ओडिसामा ७० भन्दा बढी विद्यार्थीमा संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ५३ यात्रा र २२ छात्रमा संक्रमण देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्