०३ साउन २०८३, आइतबार

पुँजीगत खर्च बढाएर विकास निर्माणको काम अगाडि बढाउनुपर्छ : अर्थमन्त्री शर्मा

पुँजीगत खर्च बढाएर विकास निर्माणको काम अगाडि बढाउनुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च बढाएर विकास निर्माणको काम अगाडि बढाउनुपर्ने बताएका छन् ।

बुधवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले विकासका लागि केही क्षेत्र निजी क्षेत्रलाई दिने तयारी भइरहेको पनि बताए ।

मन्त्री शर्माले लगानी अभिवृद्धि गर्न सरकारले आवश्यक शुरू गरिसकेको पनि दाबी गरेका छन् ।

उनले निजी क्षेत्र आफ्नो स्वार्थ पूर्तिका लागि लाग्न नहुने भन्दै देश हितमा केन्द्रित रहेर काम गर्नुपर्ने बताए ।

उनले विकास निर्माणको काम गर्नका लागि साधन स्रोतको समस्या नभएको बरु व्यवस्थापनमा समस्या भएको उनको भनाइ छ ।

अर्थमन्त्री शर्माले आर्थिक पत्रकारले उठाएको अनुसन्धानले आर्थिक क्षेत्रमा ठूलो योगदान र महत्वपूर्ण भूमिका रहेको जिकिर गरे। आर्थिक पत्रकारले लेखेको लेख तथा रिपोर्टिङले अर्थ क्षेत्रमा नयाँ आयाम थप्ने र आर्थिक क्षेत्रको पुनरुत्थानका लागि सहयोग पुग्ने उनको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नाफिजले मुलुकको गतिविधिले सबै क्षेत्रमा सकारात्मक तरिकारले सम्प्रेषण गर्न सहयोग गरिरहेको बताए । मल्लले आर्थिक क्षेत्रमा आबद्ध पत्रकारहरुले सत्य, तथ्य तथा मुलुकको पुनरुत्थान गर्न सहयोग गरेको बताउँदै अझै यस क्षेत्रमा गहन अध्ययन गरी उत्पादनशील क्षेत्रको प्रवद्र्धन गनुपर्ने उल्लेख गरे ।

त्रिभुवन विश्वविद्यालयका केन्दीय अर्थशास्त्र विभाग प्रमुख प्रा। डा. शिवराज अधिकारीले पत्रकार सरकारको वाचडगको रुपमा भएकाले नीति नियममा प्रभावकारी कार्यान्वयन गर्नका लागि जोड दिनुपर्ने बताए ।

नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले कोभिड १९ ले गर्दा थलिएको अर्थतन्त्र निकै गम्भीर बनेको बताए । सरकार नीजि क्षेत्रको जस्तो सबल बन्न नसकेको भन्दै उनले सरकारको आर्थिक क्षेत्रका समृद्धिका लागि साझेदारीका साथ अघि बढ्ने बताए । साथै, सरकारले नीतिगत व्यवस्थापन गरेमा सहज ढंगले अघि बढ्न सक्ने जिकिर गरे ।

उद्योग वाण्ज्यि महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडले गर्दा आर्थिक क्षेत्रमा चुनौती सिर्जना गरेको बताए । कोभिडले सबै क्षेत्रमा असर परेकाले सरकारले नीतिगत सुधार गर्न आवश्यक रहेको र राहत प्रदान गर्नुपर्नेमा जोड दिए । त्यसैगरी, सरकारको पुनरुत्थानका लागि सरकारले राहतका साथे पर्यटन व्यवसायमा सहज बनाउनुपर्ने बताए । गोल्छाले एमसीसी कुनै पनि हालतमा पारित गर्नुपर्ने विकल्प नभएको जिकिर गरे ।

अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले कोरोनाको खोपलाई प्राथमिकता दिएको बताए । सरकारले सबै क्षेत्रलाई प्याकेजको व्यवस्था गर्नुका साथै सामाजिक सुरक्षामा पनि ध्यानमा राखेर राहत प्रदान गरेको बताए । त्यस्तै, सरकारको समृद्धिको सपना साकार पार्नका लागि नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नेमा जोड दिए । निजी क्षेत्रको सहयोग विना सरकारले कुनै पनि कार्यको पूर्णता दिन नसक्ने बताउँदै आर्थिक पुनरुत्थानामा सरकारले विभिन्न लगानी जुटाएर सहयोग गर्ने बताए ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विस्तारै अर्थतन्त्रमा सुधार भइरहेको बताए । अन्य विकसित मुलुकको अर्थतन्त्रमा जस्तै नेपालको पनि विस्तारै आर्थिक क्षेत्रमा सुधार भइरहेको हुनाले आगामी दिनमा राम्रो नतिजासहित तथ्याङ्क सार्वजनिक हुन सक्ने जिकिर गरे ।

कार्यक्रमममा नाफिजले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत आर्थिक पत्रकार सम्मान तथा हिलो जर्नल ‘अर्थचित्र’ विमोचन गरेको छ ।

अर्थतन्त्रको पुनरुत्थान विषयमा केन्द्रित जर्नल अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरुले विमोचन गरे ।

यसैगरी कार्यक्रममा अग्रज आर्थिक पत्रकार न्यु बिजनेस एजका कार्यकारी सम्पादक केशव गौतम सम्मानित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्