२४ जेठ २०८३, आइतबार

आयोगले लगायो फेसबुक, ट्विटर र एसएमएसमा प्रतिबन्ध

कात्तिक २०, २०७४
आयोगले लगायो फेसबुक, ट्विटर र एसएमएसमा प्रतिबन्ध

काठमाडौं, ११ असार– दोस्रो चरणको निर्वाचनको मौन अवधीमा फेसबुक, ट्विटर र एसएमएस जस्ता विद्युतीय प्रविधिको प्रयोगमार्फत पक्ष विक्षमा भोट माग्न निर्वाचन आयोगले रोक लगाएको छ ।

दोस्रो चरण अन्तर्गत १४ गते हुने चुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदै छ ।

मौन अवधी शुरु भएपछि कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा फेसबुक, ट्विटर र एसएमएस मार्फत भोट मागिएको तथा चुनावी प्रचार प्रसार गरेको भेटिएमा कारवाही समेत गरिने भएको हो ।

मतदानको ४८ घण्टा अघिदेखि शुरु हुने मौन अवधीको आचार संहिता उम्मेदवार र राजनितिक दललाई मात्र नभएर सामाजिक सञ्चाल प्रयोगकर्तालाई पनि लागु हुने कानुनमा देखिन्छ ।

निर्वाचन आचार संहिता उल्लङघन गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत उजुरी परेमा कानुनी प्रकृयामा टेकेर कारवाही गरिने आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्