०६ असार २०८३, शनिबार

अमेरिकाले लोकतन्त्रको शिखरसम्मेलनमा ताइवानलाई पनि बोलाएपछि रिसायो चीन

मंसिर ८, २०७८
अमेरिकाले लोकतन्त्रको शिखरसम्मेलनमा ताइवानलाई पनि बोलाएपछि रिसायो चीन

अमेरिकाका राष्ट्रपति जो बाइडनले ताइवानलाई लोकतन्त्रहरूको शिखरसम्मेलनमा निमन्त्रण गरेपछि चीनले त्यसको आलोचना गरेको छ । 

ताइवानलाई चीनले आफ्नै एक प्रान्त मान्ने गरेको छ भने अमेरिकाले पनि आधिकारिक रूपमा ताइवानलाई सार्वभौम मुलुक मान्ने गरेको छैन । 

अमेरिकामा डिसेम्बर ९ र १० मा आयोजना गर्न लागिएको भर्चुअल शिखर सम्मेलनमा ११० देशलाई निम्तो गरिएकोमा ताइवान पनि त्यसमा परेको हो । 

ताइवानका डिजिटल मन्त्री अड्रे ताङ र वाशिङटनमा ताइवानका वस्तुगत राजदूत ह्सियाओ बी–खिमले उक्त सम्मेलनमा भाग लिने भएका छन् । 

‘यस सम्मेलनमार्फत ताइवानले लोकतान्त्रिक सफलताको कथा साझा गर्न पाउनेछ,’ ताइवानको राष्ट्रपति कार्यालयका प्रवक्ता जेभियर चाङले सञ्चारकर्मीहरूलाई बताए । 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले बेइजिङ कथित लोकतन्त्र शिखर सम्मेलनमा ताइवानका अधिकारीलाई अमेरिकाले बोलाएको कुराको घोर विरोध गर्छ भने । 

रुस सरकारले पनि ताइवानलाई शिखर सम्मेलनमा बोलाउने अमेरिकाको कदमलाई निन्दा गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्