
ब्लाक्क प्लस डेक्करले दशै–तिहार लक्की स्क्र्याच योजनाका साथै मासिक र बम्पर लक्की ड्र अफर योजना ल्याएको छ ।
लक्की स्क्र्याच योजना अन्तर्गत ब्लाक्क प्लस डेक्कर ब्रान्डका कुनै पनि सामानको खरिदमा उपभोक्ताले एउटा स्क्र्याच कार्ड पाउनेछ, जुनमा हात खाली नजाने एक लाख रुपैयाँसम्मका आकर्षक क्यास प्राईज तुरन्त प्राप्त गर्न सकिनेछ ।
मासिक र बम्पर लक्की ड्र योजना अन्तर्गत मासिक उपहारहरुमा ब्लाक्क प्लस डेक्करको ओ.एफ.आर ओएल हीटर र ओ.टी.जी ओवन जित्न सकिनेछ भने बम्पर लक्की ड्रमा एल.जीको ९ के.जी फ्रन्टलोड वाशिङ मेसिन जित्न सकिनेछ ।
सोही योजनाको दोस्रो मासिक लक्की ड्र मङ्सिर ६ गते ब्लाक्क प्लस डेक्कर ब्रान्डको आधिकारिक फेसबूक पेज मार्फत लाइभ घोषणा गरिएको थियो । यस दोस्रो मासिक लक्की ड्रको बिजेता खोटाङका प्रसन्ना राजभण्डारी भएका छन । भण्डारीले ब्लाक्क प्लस डेक्करको ओ. एफ. आर. हिटर जितेका छन ।
ब्लाक्क प्लस डेक्करको दशै–तिहार लक्की स्क्र्याच योजनाका साथै बम्पर लक्की ड्र अफर अन्तर्गत एल.जीको ९ के.जी फ्रन्टलोड वाशिङ मेसिनको भाग्यशाली बिजेता घोषणा गर्न बाँकी नै छ । यस योजनामा सहभागी हुनका लागि ब्लाक्क प्लस डेक्करको सामान खरिद गरी वारेन्टी कार्डको अर्धकट्टिमा आफ्नो पूर्ण विवरण भर्नुपर्नेछ ।
कम्पनीले यो योजना अशोज १५ २०७८ देखि सीमित अवधिका लागि लागू गरिएको छ । ब्लाक्क प्लस डेक्कर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इ.ओ.एल रहेको छ ।