२३ जेठ २०८३, शनिबार

मेयर कप जित कुन्डो शुरू हुँदै

मेयर कप जित कुन्डो शुरू हुँदै

नेपाल जित कुन्डो मार्सल आर्ट संघको आयोजनामा दोश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगिता बिहीवारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न १५ जिल्ला, एपीएफ र भारतबाट १ सय भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक संघका कार्यवाहक अध्यक्ष रामबहादुर ठकुरीले जनाएका छन् । पुरुषमा ९ र महिलामा २ गरी ११ स्पर्धामा खेल हुने छ ।

प्रत्येक स्पर्धामा नगद पुरस्कार राखिएको आयोजक संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक शिव थापाले जानकारी गराए । स्वर्ण विजेताले २५ हजार, रजतले १० हजार र कांस्यले ५ हजार नगद पुरस्कार पाउने छन् ।

टोखा नगरपालिकाको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताका खेलहरु धापासीस्थित श्री समाज भवनको प्राङ्गणमा हुने छ । प्रतियोगिता शनिबारसम्म चल्ने छ ।

प्रतियोगिता सम्पन्न भएपछि आइबारबाट संघकै आयोजनामा छैटौं टेडवाङ जित कुन्डो मार्सल आर्ट सेमिनार हुने छ । सेमिनार स्पेनका जित कुन्डो प्रशिक्षक सिफु जोक्युन मार्सिलो र उनका सहायक प्रशिक्षक मिगल नेपाल आइसकेको संघले जनाएको छ ।

सेमिनारमा खेलाडी र प्रशिक्षक गरी करिब ५० जनाको सहभागिता रहने छ । दुईदिने सेमिनार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ ।
 

salt training

कमेन्ट गर्नुहोस्