कात्तिक २२, २०८०
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
नेपाल जित कुन्डो मार्सल आर्ट संघको आयोजनामा दोश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगिता बिहीवारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न १५ जिल्ला, एपीएफ र भारतबाट १ सय भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक संघका कार्यवाहक अध्यक्ष रामबहादुर ठकुरीले जनाएका छन् । पुरुषमा ९ र महिलामा २ गरी ११ स्पर्धामा खेल हुने छ ।
प्रत्येक स्पर्धामा नगद पुरस्कार राखिएको आयोजक संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक शिव थापाले जानकारी गराए । स्वर्ण विजेताले २५ हजार, रजतले १० हजार र कांस्यले ५ हजार नगद पुरस्कार पाउने छन् ।
टोखा नगरपालिकाको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताका खेलहरु धापासीस्थित श्री समाज भवनको प्राङ्गणमा हुने छ । प्रतियोगिता शनिबारसम्म चल्ने छ ।
प्रतियोगिता सम्पन्न भएपछि आइबारबाट संघकै आयोजनामा छैटौं टेडवाङ जित कुन्डो मार्सल आर्ट सेमिनार हुने छ । सेमिनार स्पेनका जित कुन्डो प्रशिक्षक सिफु जोक्युन मार्सिलो र उनका सहायक प्रशिक्षक मिगल नेपाल आइसकेको संघले जनाएको छ ।
सेमिनारमा खेलाडी र प्रशिक्षक गरी करिब ५० जनाको सहभागिता रहने छ । दुईदिने सेमिनार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ ।
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...