
नेपाली कांग्रेस तेह्रथुमको १४ औं जिल्ला अधिवेशनबाट सभापतिमा अर्जुन तुम्वाहाङ्फे निर्वाचित भएका छन् ।
सभापतिमा तुम्बाहाङ्फेले ४५० मत प्राप्त गरेका छन उनका प्रतिद्वन्द्वी कमल ढुङ्गानाले २३६ प्राप्त गरेका थिए ।
२१४ मतान्तरले निर्वाचित भएका तुम्वाहाङ्फे संस्थापन इतर समुहका हुन् ।
तेह्रथुममा संस्थापन इतर समुहको प्यानल नै विजयी भएको छ
उपसभापतिमा मचिन्द्र लिम्बु र शिवप्रसाद भट्टराई निर्वाचित भएका छन् । सचिवमा विपिन निङ्लेकू र डिल्लीराम नेपाल निर्वाचित भएका छन् भने सहसचिवमा डम्बरबहादुर भट्टराई र विश्वप्रकाश तुम्वाहाङ्फे निर्वाचित भएका छन् ।
केन्द्रिय महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ तुलसी सुब्बा, केदार ढुङ्गाना, गणेश बिमली, सन्तोष सुब्बा, केशब भेटुवाल, बिजय सम्बाहाङ्फे, उद्धव तिम्सीना, भीष्म थपलिया, अर्जुन मावोहाङ र हरी डाँगी निर्वाचित भएका छन ।
खुल्ला महिला केन्द्रीय महाधिवेशन प्रतिनिधिमा गितादेवी तिम्सीना गौतम, सनिसा भेटुवाल, शुसिला खड्का कार्की र शारदा देवी कोइराला निर्वाचित भएका छन् । खुल्ला आदिबासी जनजाति समानुपातिक केन्द्रिय महाधिवेशन प्रतिनिधिमा कमल सुब्बा, टेकराज तिगेला र रुद्र कन्दङवा निर्वाचित भएका छन् ।
खास महिला समानुपातिकबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा तिला पोख्रेल निर्वाचित भएका छिन् भने खस पुरुष समानुपातिकबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा तेजबहादुर कार्की र भिमबहादुर थापा निर्वाचित भएका छन ।
आदिवासी, जनजाति, महिला, समानुपातिकबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा जानुका लिम्बु सेर्पा, बसन्ती गुरुङ र राधा प्रधान निर्वाचित भएका छन । अपांग समानुपातिकबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा कृष्णप्रसाद सुवेदी (रूपक) र दलित समानुपातिक केन्द्रिय महाधिवेशन प्रतिनिधिमा रामकृष्ण लकान्द्रि निर्वाचित भएका छन् ।
जिल्लाको कुल ७३३ मतमध्ये ७०६ मत खसेको थियो । जसमध्ये ४०५ सदर र ३ मत बदर भएको निर्वाचन सहायक अधिकृत प्रकाश ढुङ्गानाले जानकारी दिएका छन् ।
महाधिवेशन प्रतिनिधिमा लालीगुराँस नगरपालिकाका मेयर अर्जुन मावोहाङ मात्रै देउवा पक्षका हुन् भने अन्य सवै पौडेल कोइराला पक्षका हुन । उत्त नगरपालिकाका उप मेयर तिला पोख्रेल संस्थापन इतर समुह बाट विजयी भएकी छन् ।