२३ जेठ २०८३, शनिबार

रूपन्देही ३ क्षेत्रीय सभापतिमा देउवापक्षीय गुरूङ विजयी

रूपन्देही ३ क्षेत्रीय सभापतिमा देउवापक्षीय गुरूङ विजयी

रुपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा सुशील गुरुङ विजयी भएका छन् । गुरूङ देउवा पक्षीय नेता हुन् ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय नेतृत्वको लागि मंसिर ६ गते निर्वाचन भएको थियो । 

गुरुङ ३७७ मत ल्याई विजयी भएका हुन् भने उनका निकटतम  प्रतिद्वन्द्वी मातृकाप्रसाद यादवले २४२ मत मात्र प्राप्त गर्न सके ।

सचिव पदमा ४ जना उम्मेदवारी दिएकोमा गुरुङ प्यानलकै विजयी भएका छन् । सचिवको लागि भवानी प्रसाद शर्माले ३७६ मत, लेखनाथ भट्टराईले ३६२ मत तथा यादव प्यानलका शैलेश कुमार पन्तले २१८ र टंकप्रसाद पाण्डेले २२७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए । 

सहसचिवमा कुलप्रसाद न्यौपानेले ३७२ मत र प्रेम सागर थारुले ३८२ मतका साथ विजयी भएका छन् । रुपन्देही क्षेत्र नम्बर ३ गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर हो । अन्य क्षेत्रको मत परिणाम आइसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्