२३ असार २०८३, मंगलबार

सोलोमन टापुमा भड्कियो हिंसा, संसद् भवनमा आगजनी

मंसिर ९, २०७८
सोलोमन टापुमा भड्कियो हिंसा, संसद् भवनमा आगजनी

प्रशान्त महासागरमा रहेको सोलोमन टापुमा प्रधानमन्त्रीको राजीनामा माग्दै भएको प्रदर्शनका क्रममा बुधवार विरोधकर्ताहरूले संसद् भवन र प्रहरी चौकीमा आगजनी गरेका छन् । 

हिंसा चर्किएर लुटपाट हुन थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रूग्यास र रबरको गोली प्रहार गरेको थियो । स्थिति नियन्त्रणमा लिनका लागि राजधानी होनिआरामा ३६ घन्टाका लागि लकडाउन लगाइएको छ । 

प्रधानमन्त्री मनास्सेह सोगावरेले बुधवार अबेर राति देशको नाममा सम्बोधन गर्दै राजधानीमा लकडाउन लगाउने घोषणा गरे । 

सोलोमन टापुसमूहको सबभन्दा धेरै जनसंख्या भएको टापु मलैटाबाट मानिसहरू राजधानी पुगेको र उनीहरूले सरकारका कतिपय नीतिमा आक्रोश व्यक्त गरेको बताइएको छ । आधारभूत संरचना सुधार गर्ने वाचा सरकारले पूरा नगरेको उनीहरूको आरोप छ । 

सन् २०१९ मा ताइवानसँग सम्बन्ध तोडेर चीनसँग औपचारिक सम्बन्ध कायम गरेको सोलोमन टापुले खासै फाइदा उठाउन सकेको छैन । 

प्रधानमन्त्री सोगावरेले शुक्रवार साँझ ७ बजेसम्म लकडाउन लगाउने बताए । हिंसामा संलग्न व्यक्तिहरूको खोजी गर्ने र घटना दोहोरिन नदिनका लागि प्रयास गर्ने उनको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्