कांग्रेस महाधिवेशन : डोटीमा पार्टी सभापतिमा सिंह विजयी

कांग्रेस महाधिवेशन : डोटीमा पार्टी सभापतिमा सिंह विजयी

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि बुधबार भएको मतदानमा नरेन्द्रबहादुर सिंह विजयी भएका छन् ।


Advertisement

बुधबार सम्पन्न भएको निर्वाचनमा कूल ९८७ मत खसेका थिए । त्यसमा सिंह ५६८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।


Advertisement

उनका निकटतम प्रतिद्वन्द्वी भूमिराज बडुले ३९७ मत प्राप्त गरेका छन् । सिंहले आफ्ना निकटतम प्रतिद्वन्द्वी बडुलाई १७१ मतको अन्तरले विजयी हुनुभएको हो । 

मङ्गलबार भएको निर्वाचनमा कूल खसेका मतमध्ये ५१ प्रतिशत मत कसैले पनि ल्याउन नसकेका कारण बुधवार सभापतिका लागि पुनः निर्वाचन भएको थियोे । सभापतिका लागि सिंह र बडुका बीच दोस्रो चरणमा मतदान भएको हो । मङ्गलबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार रहेका थिए । 


Advertisement

कुल मतदाता एक हजार १०७ रहेका थिए । बुधबार भएको निर्वाचनमा २२ मत बदर भएका निर्वाचन समितिले जनाएको छ । मङ्गलबार पहिलो चरणमा भएको निर्वाचनमा सिंहले ३५८, बडुले ३४२, प्रदीप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझोले ३४ मत प्राप्त गरेका थिए। 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्