×

NMB BANK
NIC ASIA

एमालेलाई आकांक्षीहरूको व्यवस्थापनमा सकस

एमाले महाधिवेशन : लुम्बिनीबाट को–को छन् पदाधिकारी र केन्द्रीय सदस्यका दाबेदार ?

मंसिर ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

यि हुन लुम्बिनीबाट एमालेमा पदाधिकारीका दावेदारहरू

Muktinath Bank

को पर्लान को बाहिरिलान ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एमालेको कुम्भमेला दशौं राष्ट्रिय महाधिवेशन भोलि (शुक्रवार)देखि चितवनमा शुरू हुँदैछ । नेताहरू चितवन पुग्ने क्रम शुरू भइसकेको छ । तर, पदाधिकारीसहित महत्त्वपूर्ण पदका आकांक्षी भने भित्रभित्रै दौडधुपमा छन् । 


Advertisment
Nabil box
Kumari

अध्यक्षबाहेक प्रमुख पदका दाबेदार लुम्बिनीबाटै बढी छन् । त्यसो त एमालेले लुम्बिनीलाई आफ्नो गढ मान्दै आएको छ ।

Vianet communication
Laxmi Bank

लुम्बिनीबाट पदाधिकारी र केन्द्रीय सदस्यमा चार दर्जन नेताहरू आकांक्षी छन् । यद्यपि उनीहरू ले बाहिर मुख खोल्न भने सकेका छैनन् । 

अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा लुम्बिनीबाटै उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल दाबेदार छन् । 

पौडेल एमाले र माओवादी केन्द्र एकता भएपछि बनेको नेकपामा शक्तिशाली महासचिव बनेको नेता हुन् । एमाले अध्यक्ष ओलीले सरकारमा आफूपछिको दोस्रो वरीयतामा अर्थमन्त्री पौडेललाई अपग्रेट गरेपछि आफूपछिको नेता पौडेल हुन सक्छन् भन्ने यस अगाडि नै संकेत गरेका थिए । पौडेल कार्यकर्तासँग भिजेका नेता मानिन्छन् । उनी एमालेको संगठन विभाग प्रमुख समेत हुन् । 

त्यस्तै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेल पनि ओलीको नजिक छन् । ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीको समेत सद्भाव उनीमाथि रहेको बताइन्छ ।

त्यस्तै लामो समय माधव नेपाललाई साथ दिएका उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट तथा ओली पक्षमै रहेर साथ दिएका सचिव प्रदीप ज्ञवाली तथा नेताहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, मणि थापा,  राधा ज्ञवाली लगायतले पनि पदाधिकारीमा दाबी गरेका छन् ।

वैकल्पिक पोलिटब्युरो दलबहादुर राना, केन्द्रीय सदस्य खिमलाल भट्टराई, सूर्य थापा, बैजनाथ चौधरी, नजिर मिया, लीला गिरी पनि लुम्बिनीका प्रभावशाली नेता हुन् । 

यी सबै एमालेको नवौं महाधिवेशनबाट निर्वाचित हुन् । उनीहरू १० औं महाधिवेशनमा पनि दोहोरिन चाहन्छन् । 

यसका साथै पूर्व माओवादी दधिराम शर्मा न्यौपाने, चन्द्रबहादुर खड्का, दिनेश पन्थी लगायतका नेता समेत छन् । यी नेताहरूले समेत महत्त्वपूर्ण पदको दाबी गरेका छन् । युवराज ज्ञवाली उपाध्यक्षमा नै दोहरिने आकांक्षामा छन् । 

उपमहासचिव घनश्याम भुसाल पनि उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेको बताइएको छ । सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट पनि सम्मानजनक पदको खोजीमा छन् । सकेसम्म यी दुवैजना माथिल्लो तहको दाबीमा छन् ।

तर, सर्वसम्मति भएमा पुरानै पदमा रहन पनि उनीहरू तयार रहेको नेताहरू बताउँछन् । समावेशीका हिसाबले स्थायी कमिटी सदस्य छबिलाल विश्वकर्माले पदाधिकारीको दाबी गरेका छन् । 

लामो समय ओलीलाई साथ दिएका छविलाल एमालेको लाभको पदमा गएका छैनन् । समावेशी कमिटी निर्माण गर्दा विश्वकर्मा छनौट हुन सक्ने अनुमान छ । 

त्यस्तै राधा ज्ञवालीले सचिवमा दाबी गरेकी छन् । राधा ज्ञवाली पूर्व ऊर्जामन्त्री समेत हुन् । यीबाहेक केन्द्रीय कमिटीमा भएका पुराना अनुहार दोहोरिने दाबी देखिन्छ । लुम्बिनी एमालेको गढसमेत भएकाले नेताहरूले महत्त्वपूर्ण पदाधिकारीसहित केन्द्रीय कमिटीमा उपस्थिति दाबी गर्नु स्वाभाविक भएको एमालेका नेता तथा लुम्बिनीका प्रचारप्रसार विभागका संयोजक झपेन्द्र जिसी बताउँछन् ।

जिसीले लुम्बिनीका धेरै नेताहरू रहेको जुन पदमा पुगे पनि हाँक्न सक्ने बताए । लुम्बिनीमा केन्द्रीय कमिटीमा जानका लागि धेरै आकांक्षी देखिएका छन् । पुरानै अनुहारको व्यवस्थापन जटिल भइरहेका बेला लुम्बिनीमा नयाँ आकांक्षीसमेत थपिएपछि व्यवस्था जटिल बन्ने देखिएको छ । 

रुपन्देहीबाट  बुटवल उपमहानगरका पूर्वमेयर तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, एमाले रूपन्देही अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल, प्रदेश सांसद तुलसी चौधरी, नेताद्वय बलबहादुर आचार्य, सावित्रा अर्याल, बुटवलका उपप्रमुख गोमा आचार्य, तिलोत्तमा नगरपालिकाका प्रमुख बासु घिमिरे केन्द्रीय सदस्यका नयाँ आकांक्षी हुन् । 

रुपन्देही उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसालको गृह जिल्ला पनि हो । यहाँका नेताहरूमाथि केन्द्रीय कमिटीमा को–कोलाई ल्याउने भन्ने विषयमा दबाब शुरू भएको छ । नेताहरूको व्यवस्थापन नगरे थप जटिल हुने भएकाले दबाब परेको एक केन्द्रीय सदस्यले बताए । 

दाङबाट पनि आकांक्षी धेरै छन् । एमाले नेत्री गंगा चौधरी, जिल्ला अध्यक्ष टीकाराम खड्का, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, प्रदेश सांसद सरस्वती गौतम, रेवतीरमण शर्मा घिमिरे, घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरी, लमही नगरपालिकाका मेयर कुलबहादुर खत्रीले केन्द्रीय सदस्यका लागि आकांक्षा व्यक्त गरेका छन् । 

कपिलवस्तुबाट बलराम अधिकारी, विश्रामप्रसाद थारू, शान्तिदेवी चमार, प्रदेशसभा सदस्य विष्णु पन्थी केन्द्रीय सदस्यका आकांक्षी हुन् । लुम्बिनीमा वडा, पालिका अधिवेशनबाट अधिकांश प्रतिनिधि सर्वसम्मत छनोट भएका छन् । लुम्बिनीका मात्रै पदाधिकारीसहित केन्द्रीय कमिटीमा कम्तीमा ५० जनाको दाबी देखिएको छ ।

पश्चिम नवलपरासीबाट जिल्ला अध्यक्ष तुलसी पासी, केन्द्रीय स्कूल विभागका सदस्य बद्रीनाथ खनाल, अनेमसंघका केन्द्रीय सचिवालय सदस्य विमला अर्याल लगायत नेताहरू केन्द्रीय कमिटीको लबिङमा छन् ।

गुल्मीका माओवादीबाट प्रदेश सभा सदस्य निर्वाचित भएर एमाले प्रवेश गरेका दिनेश पन्थी केन्द्रीय कमिटीमा जान इच्छुक छन् । 

प्युठानका प्रदेश सांसद हरि रिजाल, बाँकेका कविराम थारू, रुकुम पूर्वबाट आशा स्वर्णकार लगायतका नेताले केन्द्रीय सदस्यका आकांक्षीका रूपमा नेताहरूलाई दबाब दिएका छन् ।

एमाले महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । १५ सदस्यीय पदाधिकारीमा लुम्बिनी प्रदेशका धेरै नेताहरूले दाबी गरेका छन् । 

लुम्बिनी प्रदेशबाट महाधिवेशन प्रतिनिधिका रूपमा २०८ जना छनोट भएका छन् । एमालेले लुम्बिनीबाट झण्डै १ लाख कार्यकर्ता चितवन उतार्ने तयारी गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x