एमाले महाधिवेशनमा २ हजार १७५ प्रतिनिधि सहभागी हुने

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने भएका छन् ।
एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले निर्वाचित र मनोनित गरी दुई हजार १७५ प्रतिनिधि महाधिवेशनमा सहभागी हुने जानकारी दिए।
यसअघि कात्तिक २७ गते देशभरबाट एक हजार १९९ प्रतिनिधि सहभागीका लागि निर्वाचित भएका थिए ।
यही मङ्सिर ७ गते बसेको स्थायी कमिटी बैठकले कूल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि मनोनयन गरेको थियो ।
यसैगरी महाधिवेशनमा १३० पर्यवेक्षक सहभागी हुने भएका छन् ।
चितवनको भरतपुरमा भोलिदेखि एमालेको महाधिवेशन शुरू हुँदै छ ।
महाधिवेशनले १५ पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी तथा लेखा र अनुशासन आयोगमा १५÷१५ जना निर्वाचित गर्ने छ ।
महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि चितवन आउने क्रम जारी रहेको छ । महाधिवेशन मङ्सिर १२ गतेसम्म सञ्चालन हुनेछ ।