२३ असार २०८३, मंगलबार

अफगानिस्तानको दर्दनाक हालत : पेट पाल्न १०–१५ वर्षकी छोरीहरू बेच्दै गरीब परिवार !

मंसिर ९, २०७८
अफगानिस्तानको दर्दनाक हालत : पेट पाल्न १०–१५ वर्षकी छोरीहरू बेच्दै गरीब परिवार !
प्रतिकात्मक तस्वीर

अफगानिस्तानमा गहिरिँदो आर्थिक संकटबीच कतिपय नागरिकले पेट पाल्न छोरीहरूलाई बेच्नु परिरहेको खुलासा भएको छ ।

तालिबानी सत्ता चलिरहेको १०० दिन पूरा हुँदा समेत अफगानिस्तानको अवस्था सुधार हुने कुनै संकेत देखिएको छैन । बरु बालविवाहको नाममा छोरीहरूको बेचबिखन भइरहेको छ ।

कतिपय गरीब परिवारले पेट पाल्नका लागि छोरीलाई बेच्नसम्म बाध्य भएका छन् । 

समाचार एजेन्सी रोयटर्ससँग कुराकानी गर्दै अफगानिस्तानी मजदुर फजलले भने, ‘मैले आफ्नी १३ वर्ष र १५ वर्षकी छोरी बेच्नुपर्‍यो । उनीहरूको विवाह दोब्बर उमेरका युवकसँग गरिदिएँ । यसो गर्दा हामीले ३ हजार डलर रकम पायौं । यदि भविष्यमा यी पैसा सकिएमा मैले ७ वर्षकी छोरी पनि बेच्नुपर्नेछ । मलाई यसका लागि पछुतो छ, यदि मैले यसो नगरे मेरो परिवार भोकै मर्नेछ ।’

अफगानी महिला अधिकारकर्मी वजमा फ्राले भनिन्, ‘यो कुनै बिहे होइन, यो त बालिका बलात्कार हो । म यस्ता घटना दिनदिनै सुनिरहेकी छु, जसमा १० वर्षीया बालिकाको बिहे भएका घटना पनि छन् ।’

युनिसेफका अनुसार कतिपय परिवारले आफ्नी २० दिनकी छोरीको पनि सौदाबाजी गर्छन्, जसले गर्दा आर्थिक मद्दत मिलिरहोस् । समाचारअनुसार अफगानिस्तानमा ५००–२००० डलरमा बालिकाको किनबेच भइरहेको छ । यसरी किनिएका बालिकामाथि गुलामको जस्तो व्यवहार गर्ने गरिएको दाबी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्