×

NMB BANK
NIC ASIA

चार्टर्ड उडानमा ठगी

चार्टर्ड फ्लाइट ठगी प्रकरण : सरकारी छानबिन समितिले नै सिफारिश गर्दा पनि भएन कारवाही

मंसिर ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड महामारीका बेलामा अन्तर्राष्ट्रिय चार्टर्ड विमानमा यात्रुहरूसँग निर्धारितभन्दा बढी भाडा लिने विमान कम्पनीहरूलाई हालसम्म कारवाही हुन सकेको छैन।

Muktinath Bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले पनि निर्धारित दरभन्दा बढी भाडा लिएको भन्दै कारवाहीका लागि सिफारिश गरेर प्रतिवेदन बुझाउँदा समेत कारवाही हुन नसकेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हवाई भाडा महंगो भएको सम्बन्धमा उजुरी परेपछि मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा २०७८ असार ७ गते छानबिन समिति गठन गरेको थियो ।


Advertisment
Nabil box
Kumari

छानबिन गरेर २०७८ भदौ १६ गते मन्त्रालयका सचिव यादवप्रसाद कोइरालासमक्ष प्रतिवेदन पनि बुझाइएको थियो।

Vianet communication
Laxmi Bank

समितिमा कुल २५ वटा उजुरीहरू परेको थियो। जसमध्ये कतार एयरवेजको चार्टर उडानसँग सम्बन्धित १६ वटा उजुरी, टर्किस एयरलाइन्ससँग सम्बन्धित ७ वटा उजुरी र हिमालयन एयरलाइन्ससँग सम्बन्धित २ वटा उजुरी थियो।

छानबिन समितिले छानबिन गर्दा कतार एयरवेजको उडानसँग सम्बन्धित ९ वटा टिकटमा निर्धारितभन्दा बढी भाडा लिएको पाइएको थियो।

त्यसैगरी टर्किस एयरलाइन्सको उडानको २ वटा टिकटमा र हिमालयन एयरलाइन्सको २ वटा टिकटमा निर्धारितभन्दा बढी भाडा लिएको पाइएको थियो।

ठगी कार्यमा संलग्नहरू उपर विस्तृत अनुसन्धान तथा कारवाहीका लागि छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको थियो।

'यस कार्यमा संलग्नहरू उपर थप विस्तृत अनुसन्धान एवं कारवाहीका लागि सम्बन्धित नियामक निकायमा सिफारिश गर्नुपर्ने भन्ने सुझावसहितको प्रतिवेदन प्राप्त भएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारीका लागि अनुरोध छ,' मन्त्रालयका तत्कालीन प्रवक्ता तथा सहसचिव तारानाथ अधिकारीले भदौ १६ गते जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको थियो।

उक्त प्रतिवेदन बुझाइएको तीन महिना हुन लाग्दा पनि यात्रुहरूलाई ठगी गर्ने ती विमान कम्पनीहरूलाई कुनै पनि कारवाही गरिएको छैन। उक्त विषयमा हाल बहालमा रहेका प्रवक्ता डा. टोकराज पाण्डे अनभिज्ञ छन्।

'मैले प्रवक्ताको जिम्मेवारी सम्हालेको एक महिनाजति मात्र भएकाले मलाई त्यस विषयमा कुनै जानकारी नै छैन,' प्रवक्ता पाण्डेले लोकान्तरसँग भने।

नागरिक उड्डयन महाशाखा प्रमुख समेत रहेका मन्त्रालयका अर्का सह-सचिव बुद्धिसागर लामिछाने भने प्रतिवेदन आएपछि सम्बन्धित निकायमा थप अनुसन्धान गर्दा ठगी पुष्टि हुने कागजातहरू फेला नपरेको बताउँछन्।

'प्रतिवेदन आएपछि सम्बन्धित विमान कम्पनीहरूलाई औपचारिक रूपमा पत्राचार गरेका थियौं,' लामिछानेले लोकान्तरसँग भने, 'जवाफमा ती विमान सेवा प्रदायक कम्पनीहरूले पठाएको डकुमेन्टलाई हेर्दा ठगी भएको पुष्टि हुन सकेन।' 

ठगी भएको पुष्टि हुने गरी कागजात नभेटिएकाले ती विमान सेवा प्रदायक कम्पनीहरूलाई कारवाही नभएको उनले बताए।

छानबिन समितिले दिएको प्रतिवेदनको मूल उद्देश्य भने कारबाहीभन्दा पनि चार्टर विमानको विषयमा पोलिसी बनाएर जानुपर्ने भन्ने रहेकाले पोलिसी बनाउन लागेको उनको कथन छ। 

'सरोकारवालाहरूलाई बोलाएर चार्टरसम्बन्धी नीति बनाउन छलफल समेत गरेका छौं,' उनले थपे, 'चार्टरसम्बन्धी पोलिसी नै बनेपछि ठगी भए त्यसअनुसार कानूनी कारवाही गर्न सहज हुनेछ।'

यात्रु ठग्ने विमान सेवा प्रदायक कम्पनीलाई मन्त्रालयले कारवाही गर्नुको साटो विभिन्न बहाना बनाएर उन्मुक्ति दिने काम गरेको आरोप पीडितको छ ।

सरकारी छानबिन समितिले नै ठगी भएको भनेर प्रस्ट किटानीका साथ प्रतिवेदन बुझाउँदा पनि कारवाही नहुँदा मन्त्रालयका कर्मचारीहरूको संरक्षणमा नै ठगी हुने गरेको आरोपलाई बल पुगेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x