
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बारदेखि बालुवाटारसम्म मार्चपास गरिएको छ ।
नेपाल बार एसोसिएसनको नेतृत्वमा विभिन्न संघ संस्थाले बिहीवार दिउँसो मार्चपास गरेका हुन् ।
प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन वा महाअभियोग लगाउन संसदलाई समेत मार्चपासमा दवाव दिइएको थियो ।
विभिन्न पर्चा पम्प्लेट बोकेर मार्च पास गरेका नागरिकहरूले के संसदको काम सुतिरहने हो ?, न्यायालय अलमल्ल नेताहरू अलमस्त लगायत लेखिएको पर्चा बोकेका थिए ।
मार्चपासमा नेपाल बार, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, आदिवासी जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनको सहभागिता रहेको थियो ।