
काठमाडौं, ११ असार - सुडान घोटलामा दोषि प्रमाणित भएका नेपाल प्रहरीका पूर्व एआइजी श्यामसिंह थापाले पनि अाइतवार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् । उनलाई अदालतले कारागार चलान गरेको छ । केहीदिन अघि उक्त घोटलामा दोषि देखिएका नेपाल प्रहरीका दुई पूर्व आइजीपी, एक एआइजी र एक डिआइजीले पनि आत्मसमपर्ण गरेका थिए । उनीहरु अहिले डिल्लिबजार कारागारमा छन् ।