२३ जेठ २०८३, शनिबार

आश्चर्यलाग्दो चीन जहाँ रोगको गरिन्छ अचम्मको उपचार

कात्तिक २०, २०७४
आश्चर्यलाग्दो चीन जहाँ रोगको गरिन्छ अचम्मको उपचार

चीन साँच्चिकै अचम्मको देश हो । त्यहाँका मानिसले सर्प, कुकुर, साङ्लो जे पनि खाइदिन्छन् । त्यहाँको औषधोपचारमा पनि अचम्मका तरिका अपनाइन्छन् । आश्चर्यलाग्दा यस्ता थेरापीहरू चीनका धेरै भागमा लोकप्रिय छन् । जति कष्ट भएपनि चिनियाँहरू यस्ता परम्परागत उपचारविधि अपनाउँछन् ।


माहुरीलाई चिल्न लगाएर गरिने उपचार अर्थात् एपिथेरापीबाट बाथरोग, माइग्रेन, पेटको पीडा, कोलेस्ट्रोल वृद्धि लगायतका रोगको उपचार गरिने दाबी गरिन्छ । चिनियाँ सरकारले उपयोगी नभनेपनि मानिसहरू दुःख सहेर मानिसहरू यस्ता उपचार गराउँछन् । यसमा एलर्जीको खतरा चाहिँ हुन्छ जसबाट मृत्यु पनि हुन सक्छ ।

चीनमा जिउँदा कमिलाहरू पनि खाइदिन्छन् मान्छेहरू । कमिलामा प्रशस्त प्रोटीन हुने मान्यता छ । अनि यसले बूढो हुनबाट पनि रोक्छ रे ।

जिउमा आगो लगाएर गरिने उपचार फायर थेरापी पनि चीनमा प्रचलित छ । यसले रक्तसञ्चार राम्रो गराउने अनि बोसो पनि घटाउने मान्यता छ ।

चीनमा थप्पड थेरापी पनि प्रचलित छ । शरीरको कुनै अंगलाई तन्काएर त्यसमा कसेर थप्पड हानिन्छ, रातो हुने गरी । यसबाट रोग निको हुन्छ भन्ने मान्यता छ ।

चीनमा विद्युतीय थेरापी पनि लोकप्रिय छ । शरीरमा बिजुलीको झड्का दिएर क्यान्सर र पक्षाघात जस्ता रोग पनि निको पारिने बताइन्छ ।

बालुवा थेरापीमा मानिसलाई बालुवामा गाडिन्छ । गर्दनमुनिको भाग बालुवामा गाडिन्छ र पसिना खल्खल्ती नआउन्जेल त्यहीँ राखिन्छ । यसबाट अनेकौं लाभ पाइने बताइन्छ ।

मूत्रथेरापी पनि चीनमा खुबै प्रसिद्ध छ । आफ्नो पिसाब आफैं पिउने गर्दा थाइराइड जस्ता समस्या निको हुने मान्यता छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्