२५ असार २०८३, बिहीबार

मंसिरदेखि फागुनसम्मलाई पार्टी प्रवेशको महिना बनाउन देशभरका कार्यकर्तालाई ओलीको आह्वान

मंसिर ११, २०७८
मंसिरदेखि फागुनसम्मलाई पार्टी प्रवेशको महिना बनाउन देशभरका कार्यकर्तालाई ओलीको आह्वान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरदेखि फागुन महिनासम्मलाई पार्टी प्रवेशको महिना बनाउन देशभरका कार्यकर्तालाई आह्वान गरेका छन् ।

चितवनमा जारी पार्टीको १०औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले अरुलाई सम्झाएर पार्टी प्रवेश गराउन आग्रह गरे ।

‘मंसिर, पुस, माघ, फागुनलाई पार्टी प्रवेशको महिना अभियानको रूपमा सञ्चालन गर्ने, अरुलाई सम्झाएर पार्टी प्रवेश गराउने अभियानमा लाग्नुपर्छ । साथीहरूलाई संगठित गरेर आफू सँगसँगै हिँडाउने गर्नुहोला,’ उनले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्