
नेकपा एमालेको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका प्रभावशाली नेता घनश्याम भुसालले सहमतिको नाममा केपी ओलीले मृत्युको आँसु बेच्न थालेको आरोप लगाएका छन् ।
विधान महाधिवेशनदेखि आजसम्म ओलीले आफ्नो आयुको कुरा गरेर मृत्युको आँसु बेच्ने काम गरेको उनको आरोप छ ।
चितवनमा जारी नेकपा एमालेको दशौं महाधिवेशनको बन्दशत्रबाट बाहिर निस्कने क्रममा लोकान्तरसँग कुरा गर्दै भुसालले आफ्नो उम्मेदवारी कायम रहने बताएका हुन् ।
‘सहमतिको नाममा ओलीले मृत्युको आसु बेच्न थाल्नु भयो । आज हलले जे निर्णय गरेको छ, मेरो उम्मेदवारीमा फरक पार्दैन,’ भुसालले भने ।
अध्यक्ष केपी शर्मा ओलीले ल्याउने सहमतिको लिस्टमा आफ्नो नाम उपाध्यक्षमा परेमा चित्त बुझाउने अन्यथा प्रतिष्पर्धा गर्ने भुसालले बताए ।
बन्दशत्रले पदाधिकारी र केन्द्रीय सदस्यको सूची बनाउने जिम्मा ओलीलाई दिएको थियो । ओलीलाई अधिकार दिइएकोमा भीम रावलले आपत्ति जनाएका थिए ।