×
Bajaj Top
Khukuri
FONEPAY

एमाले पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार ओलीलाई

काठमाडाैं | मंसिर १२, २०७८

NTC
TVS INSIDE

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दशौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका नामावाली हलसमक्ष प्रस्तुत गर्ने अधिकार दिइएको छ । 

Sanima Bank
morang Auto yamaha

अध्यक्ष ओलीले केन्द्रीय लेखा आयोग र अनुशासन आयोगका २५/२५ जना पदाधिकारीका नाम पनि प्रस्ताव गर्नेछन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

एमाले महाधिवेशनको जारी बन्दसत्रमा उपमहासचिव विष्णुप्रसाद पौडेलले परिमार्जित विधानअनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटीको निर्माण गर्दा विभिन्न क्लस्टरबाट खुल्ला, महिला, जनजाति, मुस्लिम, थारु, श्रमिक, पिछडिएको क्षेत्र आदिका प्रतिनिधित्व हुने गरी प्रस्ताव गर्ने जनाए तर सो प्रस्तावलाई उपाध्यक्ष डा. भीम रावलले अस्वीकार गर्दै आफूले अध्यक्षमा उम्मेदवारी दिने हललाई जानकारी गराए ।

शनिवारको बन्दसत्रको समापन गर्दै अध्यक्ष ओलीले उम्मेदवारी दिन पाउने हक कायमै रहेको र सकेसम्म पार्टीलाई एकताबद्ध बनाउन सहमतिमा जाउँ भन्ने हलको कार्यादेश रहेको स्पष्ट गरे । महासचिव ईश्वर पोखरेलले सहमति नभएका पदमा उम्मेदवारी दिन पाइने जनाए ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

महाधिवेशनमा नेकपा एमालेले सर्वसम्मतिमा नेतृत्वको चयनका लागि प्रयास गरिरहेको छ । सर्वसम्मतिका लागि शनिवार नेताहरू आन्तरिक छलफलमा थिए भने कार्यकर्ताले दबाब दिएका थिए ।

बन्दसत्रका क्रममा  बोल्दै अध्यक्ष ओलीले सर्वसम्मत अहिलेको आवश्यकता रहेको भन्दै सर्वसम्मत हुँदैमा लोकतन्त्र नमिचिने बताए । उनले मतदान र सर्वसम्मत दुवै निर्वाचनका प्रक्रिया रहेको भन्दै चुनाव लड्ने अधिकारी सबैलाई रहेको बताए । बन्दसत्र आइतवार १० बजे पुनः सञ्चालन हुनेछ ।
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ३, २०७८

प्रदेशसभा गठन भएको ४ वर्षपछि २ नम्बर प्रदेशले आफ्नो नाम ‘मधेश प्रदेश’ राख्न सफल भएको छ । प्रदेश सभाको सोमवार बसेको बैठकमा मधेश प्रदेश नाम राख्ने प्रस्तावलाई दुईतिहाइ मतले स्वीकृत गरेको छ । प्रद...

माघ ३, २०७८

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी वैशाखमै स्थानीय तहको चुनाव हुने बताएका छन् ।  लोकान्तर डट्कमसँगको अन्तर्वार्तामा थापाले संविधान अनुसार वैशाखमा जसरी पनि चुनाव गर्नैपर्ने र त्यसलाई कुनै...

माघ ३, २०७८

नेकपा एमाले कोभिड–१९ संक्रमणलाई ध्यानमा राखी २५ जनाभन्दा बढीको उपस्थिति रहने गरी पार्टी तथा जनसंगठनका कार्यक्रमलाई स्थगित गर्न निर्देशन दिएको छ ।  पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्मनाथ अधिका...

माघ ३, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९को सङ्क्रमणबाट जोगिन कोभिड–१९ विरुद्धको खोप र स्वास्थ्यका मापदण्ड पालनाका साथै सचेतना पनि आवश्यक रहेको बताएका छन् ।  उनले कोभिड–१९ को नयाँ भेरियन्ट...

माघ ३, २०७८

लोकतान्त्रिक समाजवादी, नेपालको मोरङमा समन्वय समिति समानान्तर रूपमा गठन भएको छ । समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी  कार्य सञ्चालन सुरु गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय संयोजक महन्थ ...

माघ ३, २०७८

प्रदेश २ को स्थायी राजधानी ‘जनकपुरधाम’ प्रदेश सभाबाट दुई तिहाइले स्वीकृत भएको छ ।  प्रदेश सभामा आज उक्त प्रस्तावमाथि गरिएको मतदानबाट उक्त प्रस्ताव स्वीकृत भएको हो ।  प्रदेश...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...