×

NMB BANK
NIC ASIA

यसरी हुँदैछ कांग्रेस महाधिवेशनको तयारी

मंसिर १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन तयारी मूल समितिले आफ्नो गृहकार्यलाई तीव्र बनाएको छ ।

Muktinath Bank

महाधिवेशन आउन १२ दिनमात्रै बाँकी रहँदा महाधिवेशनका लागि गठित समितिले आफ्नो तयारीलाई उच्चस्तरमा अगाडि बढाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाधिवेशन मंसिर २४–२६ गतेसम्म काठमाडौंमा गर्नका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको संयोजकत्वमा गठित महाधिवेशन तयारी मूल समितिले उपसमितिहरूसँगको समन्वयमा महाधिवेशनको तयारी तीव्र बनाएको हो ।


Advertisment
Nabil box
Kumari

गृहमन्त्री तथा महाधिवेशन तयारी मूल समितिका सदस्य बालकृष्ण खाणले महाधिवेशन व्यवस्थित रूपमा सम्पन्न गर्न पार्टीपंक्ति खटिएको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

उनले भने, ‘कांग्रेसका लागि यो एउटा उत्सव हो । देशभर १६५ निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि आउनुहुन्छ । उहाँहरूको भोजन तथा आवासको व्यवस्थापन आयोजक समितिले गर्छ । यसका लागि सबै तयारी भइरहेको छ ।’

खाँणले महाधिवेशन प्रतिनिधिसँगै ७७ वटै जिल्लाबाट आउने पार्टी कार्यकर्ताको चापलाई व्यवस्थापन गर्न र आवश्यकताअनुसार सबै पूर्वाधार तयार गर्नकै लागि उपसमिति गठन गरिएको उल्लेख गरे । उनले भने, ‘सम्बन्धित उपसमितिले आवश्यक तयारी शुरू गरिसकेका छन् ।’

महाधिवेशन तयारी मूल समितिले कोरोना प्रकोपलाई दृष्टिगत गरी सुरक्षा मापदण्ड पालना गर्ने तयारी गरिरहेको छ । गृहमन्त्री खाँणले भने, ‘भीड जम्मा गर्न हुन्न । कुनै कार्यक्रममा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्छ । त्यसैले आमन्त्रित र पार्टी कार्यकर्तालाई उत्साहित बनाउन प्रेरित गर्ने गरी सन्तुलन कायम गरिने छ ।’

कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले महाधिवेशनका क्रममा सर्वसाधारणलाई हुनसक्ने असुविधालाई ध्यान दिइने बताए । महाधिवेशनका गतिविधिलाई व्यवस्थित रूपमा सम्प्रेषण गर्नेदेखि कार्यक्रम आयोजना हुने स्थान चुस्त बनाउनका लागि उपसमितिमार्फत काम भइरहेको उनले बताए । केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले महाधिवेशन उद्घाटनपूर्व र महाधिवेशन पूर्ण रूपमा सम्पन्न नभएसम्मका गतिविधिलाई व्यवस्थित गर्न मूल समितिको ध्यान केन्द्रित भएको बताए ।

विश्वकर्माले भने, ‘महाधिवेशन सफल पार्न मूल समितिसँगै विषयगत उपसमितिहरू गठन गरिएको छ, मूल समितिले महाधिवेशनको निर्धारित अवधिभर ती उपसमितिसँग समन्वय गर्छ, आमन्त्रित विदेशी पाहुनाको स्वागत सत्कारमा उपसमितिसँगै मूल समितिसमेत सक्रिय हुन्छ । अर्थ समितिलाई पनि मूल समितिले हेर्छ । पार्टी सभापतिले अर्थ समितिसँग समन्वय गरिरहनुभएको छ ।’

यसैबीच, कांग्रेसको महाधिवेशनका लागि गठित प्रचारप्रसार समितिले पूर्णता पाएको छ । कांग्रेस प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित समितिले शनिबार पूर्णता पाएको हो । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार केन्द्रीय कार्यसमितिका सदस्य जीवन परियार, किरण यादव, किरण गिरी र अभिषेकप्रताप शाह, आमन्त्रित केन्द्रीय सदस्यहरू जनकराज कलौनी र दिलीप राईले समितिको सदस्यको जिम्मेवारी पाएका छन् । गोरखापत्रमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x