०५ साउन २०८३, मंगलबार

दोस्रो चरणको निर्वाचनपछि राप्रपा सरकारमा जाने

कात्तिक २०, २०७४
दोस्रो चरणको निर्वाचनपछि राप्रपा सरकारमा जाने
काठमाडौं, ११ असार— राप्रपाका शीर्ष नेता पशुपतिशमशेर राणाले दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् ।RPP-logo
राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने,‘असार १४ गतेको निर्वाचन सम्पन्न भएपछि हाम्रो पार्टी सरकारमा सहभागी हुन्छ, सरकारमा सहभागी हुनेबारे गृहकार्य भैरहेको छ, हामीले समर्थन गरेको सरकारमा सहभागी नहुने भन्ने कुरै हुँदैन, तर कति ओटा मन्त्रालय लिने भन्नेबारे अझै निर्णय भएको छैन, तीनदेखि चार वटा मन्त्रालय पाउनुपर्छ भन्ने हाम्रो दाबी छ।’
नेता राणाले दोस्रो चरणको निर्वाचनमा पार्टीले पहिलो चरणकोभन्दा धेरै राम्रो मत ल्याउने दाबी समेत गरे ।
उनले निर्वाचनप्रति जनताको अत्यन्तै उत्साहजनक सहभागिता रहेको बताउँदै पहिलो चरणकोभन्दा बढि मत दोस्रो चरणको निर्वाचनमा खस्ने विश्वास समेत व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्