०३ साउन २०८३, आइतबार

पार्टीलाई नियमसंगत चलाउन नेतृत्व परिवर्तन हुन जरुरी- प्रकाशमान सिंह

मंसिर १२, २०७८
पार्टीलाई नियमसंगत चलाउन नेतृत्व परिवर्तन हुन जरुरी- प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा नेतृत्व फेरिनु पर्ने बताए । 

आइतवार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको १४ औं जिल्ला अधिवेशन उद्घाटन समारोहमा उनले पार्टीको विधान, नीति, नियमलाई सँगै लिएर पार्टी सञ्चालन गर्नका लागि नेतृत्व परिवर्तन हुन जरुरी रहेको बताएका हुन् । 

नेतृत्व कमजोर भएकोले नै गत चुनावमा नेपाली कांग्रेस १६५ सिटमध्ये २३ सिटमा खुम्चिएको भन्दै नेता सिंहले पार्टीलाई नियमले चलाउन नेतृत्व परिवर्तनको विकल्प नरहेको बताए । 

‘झन्डै दुई तिहाइ मत हामीले प्राप्त गर्नुपर्ने हो, १६५ मा २३ सिटमा झर्ने ?,’ उनले भने, ‘कांग्रेसको नेतृत्वमा संविधान सभाबाट जारी गरेको संविधानलाई संस्थागत गर्न मत माग्न जाँदा भोट हामीलाई आउनु पर्नेमा नआएको कारणले गर्दा नेतृत्वमा कमजोरी छ भन्ने कुरा प्रमाणित हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्