३१ असार २०८३, बुधबार
एमाले महाधिवेशन

महासचिवमा अझै मिलेन कुरो, विष्णु पौडेल र शंकर पोखरेलसहितका नेताहरू ओलीसँग छलफलमा

मंसिर १२, २०७८
महासचिवमा अझै मिलेन कुरो, विष्णु पौडेल र शंकर पोखरेलसहितका नेताहरू ओलीसँग छलफलमा

महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी, केन्द्रीय सदस्य र निकायका पदाधिकारीको सूची बनाउन अध्यक्ष मण्डलका अध्यक्ष केपी ओलीलाई सकस भइरहेको छ । 

अहिले पार्क सफारी रिसोर्टमा ओलीसँग विष्णु पौडेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेल छलफलमा छन् । 

वरिष्ठ उपाध्यक्ष र महासचिवमा ओली पक्षीय नेताहरूबीच नै सहमति हुन सकेको छैन । महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले दाबी गरेका छन् । 

महासचिवमा पौडेल कि पोखरेल भन्ने अझै टुंगो लागेको छैन । वरिष्ठ उपाध्यक्षमा ओलीले ईश्वर पोख्रेलको नाम अगाडि सारे पनि सुवास नेम्वाङले उपाध्यक्षमा मात्र नबस्ने बताएका छन् ।

पहिले पदाधिकारीको टुंगो लगाएर मात्रै केन्द्रीय सदस्यहरू टुंगाउने तयारी भइरहेको बताइएको छ । 

बिहान १० बजे शुरू हुने भनिएको बन्दसत्र ५ घण्टा ढिलो हुँदा समेत शुरू हुन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्