२७ असार २०८३, शनिबार

९० प्रतिशत सहमति भयो १० प्रतिशत मिल्न बाँकी छ- पृथ्वीसुब्बा गुरुङ

मंसिर १२, २०७८
९० प्रतिशत सहमति भयो १० प्रतिशत मिल्न बाँकी छ- पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्रको अध्यक्ष मण्डलका सदस्य पृथ्वीसुब्बा गुरुङले नेतृत्वको लागि ९० प्रतिशत सहमति भइसकेको दाबी गरेका छन् । १० प्रतिशतमा कुरा मिल्न बाँकी रहेको उनले बताए । 

चितवनको सौराहामा जारी दशौं महाधिवेशनबाट नेतृत्वको लागि केपी ओलीले सूची बनाइरहेका छन् ।

ओली बसेको होटलको लबिमा आएर विष्णु पौडेलले केन्द्रीय सदस्य र केन्द्रीय निकायका पदाधिकारीको सूची प्रिन्ट गरेका थिए । 

‘९० प्रतिशत सहमति जुटिसक्यो, १० प्रतिशत बाँकी छ,’ गुरुङले भने । पदाधिकारीमा सहमति जुट्न नसक्दा बिहान १० बजे शुरू हुने भनिएको बन्दसत्र अपरान्ह साढे ४ बजेसम्म शुरू हुन सकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्