
एमाले नेता गोकुल बाँस्कोटाले एमाले महाधिवेशनको अन्तिम बन्दसत्र साँझ ७ बजेदेखि शुरू हुने बताएका छन् ।
अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्किएका बाँस्कोटाले आफू सहमतिका लागि त्याग गर्न तयार भएको बताए ।
सचिवका आकांक्षी उनले भने, ‘कसैले त्याग नगरी कसरी सहमति हुन्छ ?’
यसैबीच नेकपा एमालेको भावी नेतृत्व चयनका लागि वरिष्ठ उपाध्यक्ष र महासचिवबाहेकको सूची तयार भएको छ ।
निवर्तमान उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले होटलको लबिमा आएर सूची प्रिन्ट गरेर लगेका छन् ।
शनिवारको बन्दसत्रले पदाधिकारीको संख्या थप गर्ने गरी विधान संशोधन गरेको थियो । संशोधित विधान अनुसार एमालेको पदाधिकारी संख्या १९ र केन्द्रीय समिति ३०१ सदस्सीय बन्ने भएको छ ।
शुक्रवार उद्घाटन भएको महाधिवेशन आज समापन गर्ने तयारी छ ।