१२ साउन २०८३, मंगलबार
एमाले महाधिवेशन

हलमा ल्याइने प्रस्ताव पर्खिरहेका भीम रावलले आफूनिकट नेताहरूसँग भने- पेलेर गए हलबाट बाहिरिन्छु

हलमा ल्याइने प्रस्ताव पर्खिरहेका भीम रावलले आफूनिकट नेताहरूसँग भने- पेलेर गए हलबाट बाहिरिन्छु

नेकपा एमालेको अध्यक्षमा दाबी गरेका भीम रावल अध्यक्ष मण्डलले ल्याउने प्रस्ताव पर्खिरहेका छन् । उनले आफ्ना नेताहरूसँग प्रस्ताव हेर्ने र चुनावको माग गर्ने बताएका छन् । 

‘हलमा आउने प्रस्ताव हेरौं । हामीले चुनाव नै माग गर्ने हो । पेलेर जाने अवस्था भयो भने मानिँदैन,’ उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसबेला के गर्ने तपाईंहरू नै जान्नुहोला। त्यस्तो अवस्था म चाहिँ हलबाट बाहिरिन्छु ।’

यस्तै उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत्  पनि मतदान गर्ने पार्टी निर्णयविपरीत अधिवेशनका कुनै काम नगरेको भन्दै आपत्ति जनाएका छन् ।

'एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११ गते उम्मेदवारीसम्बन्धी प्रक्रिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि,पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरुद्धमा छ.' उनले ट्वीटरमा लेखेका छन् ।

अहिले मुख्य नेताहरू अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा छन् । 

यसैबीच नेकपा एमालेको भावी नेतृत्व चयनका लागि वरिष्ठ उपाध्यक्ष र महासचिवबाहेकको सूची तयार भएको छ । केन्द्रीय कमिटीका विषयमा नेताहरूबीच सहमति गर्ने प्रयास गरिएको छ । 

यसैबीच एमाले महाधिवेशनको अन्तिम बन्दसत्र साँझ ७ बजेदेखि शुरू हुने भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्