३१ असार २०८३, बुधबार
एमाले महाधिवेशन

वरिष्ठ उपाध्यक्ष पद ‘खारेज’ गर्नेबारे ओलीसहित यी ७ नेताबीच छलफल हुँदै

मंसिर १२, २०७८
वरिष्ठ उपाध्यक्ष पद ‘खारेज’ गर्नेबारे ओलीसहित यी ७ नेताबीच छलफल हुँदै

नेकपा एमालेको जारी १०औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदले विवाद सिर्जना हुने देखिएपछि पद नै खारेज गर्ने विषयमा छलफल अगाडि बढेको छ ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङले दाबी गरेपछि सहमति जुटाउन ओलीलाई असहज भएको थियो । 

पोखरेलले वरिष्ठ आफूलाई बनाउन र नभए पद नै खारेज गर्न ओलीलाई आग्रह गरेका थिए । ओलीले पद नै खारेज गर्न सहज मानेपछि छलफल अगाडि बढेको स्रोतले जनाएको छ ।

अध्यक्ष ओलीसहित ७ नेताहरू वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने प्रस्ताव बन्दसत्रमा लैजानेबारे छलफल गरिरहेका छन् ।

ओलीसँगको छलफलमा नेताहरू ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ सहभागी रहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्