०३ साउन २०८३, आइतबार
एमाले महाधिवेशन

विष्णु पौडेलले प्रिन्ट गरे केन्द्रीय सदस्यको संशोधित सूची, बन्दसत्रमा पेश गर्नुअघि अध्यक्षमण्डलमा छलफल हुने

विष्णु पौडेलले प्रिन्ट गरे केन्द्रीय सदस्यको संशोधित सूची, बन्दसत्रमा पेश गर्नुअघि अध्यक्षमण्डलमा छलफल हुने

नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्रमा पेश गर्ने केन्द्रीय सदस्यको नयाँ सूची तयार भएको छ ।

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले ३०१ केन्द्रीय सदस्यको सूची तयार गरेका हुन् । 

निवर्तमान उपमहासचिव विष्णु पौडेलले केन्द्रीय सदस्यको सूची प्रिन्ट गरेका छन् । यसअघि अपरान्ह प्रिन्ट गरिएको सूचीमा केही संशोधन गरेर नयाँ सूची बनाइएको हो ।

ओली बसेको पार्क सफारी होटलको लवीमा पौडेलले केन्द्रीय सदस्यको सूची प्रिन्ट गरेका हुन् । यो सूचीलाई ओली, भीम रावल, रामबहादुर थापा सहितको अध्यक्ष मण्डलमा छलफल हुनेछ । 

अध्यक्ष मण्डलमा सहमति भएपछि बन्दसत्रमा पेश गरिने छ । पदाधिकारीमा सहमति जुट्न नसक्दा बिहान १० बजे शुरू हुने भनिएको बन्दशत्र राति पौने ९ बजेसम्म शुरू हुन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्