२४ असार २०८३, बुधबार
एमाले महाधिवेशन

एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको कार्यक्रम सोमवार बिहान ९ बजेसम्मको लागि स्थगित

एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको कार्यक्रम सोमवार बिहान ९ बजेसम्मको लागि स्थगित

नेकपा एमालेको दशौं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि आइतवार राति साढे १२ बजेसम्मको लागि तोकिएको उम्मेदवारी मनोनयनको कार्यक्रम भोलि बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको छ । 

अध्यक्ष मण्डलको सुझावको आधारमा भोलि बिहानसम्मको लागि स्थगित गरिएको एमालेको निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए ।

सहमतिमा नेतृत्व चयन गर्ने प्रक्रियामा सहमति जुट्न नसकेपछि एमाले महाधिवेशनमा केही पदमा मतदान हुने भएको हो । 

भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने भन्दै दरखास्त फाराम लिइसकेका छन् । यता बिहान १० बजे शुरू हुने भनिएको महाधिवेशनको बन्द सत्र राति साढे १२ बजे शुरू भएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्