
नेकपा एमालेको केन्द्रीय सदस्यमा नपरेपछि सिन्धुलीबाट प्रतिनिधि बनेर आएकी उमा कोइरालो रूवाबासी गरेकी छिन् ।
आइतवार राति १ बजे केपी ओलीले केन्द्रीय सदस्यको सूची बढेर सुनाएका थिए ।
आफ्नो नाम नपरेपछि कोइराला रोएकी थिइन् ।
‘ईश्वर पोखरेललाई कुरा लगाएर मेरो नाम काट्न लगाए । एउटी महिलालाई रुवाएर तिमीहरूको भलो हुनेछैन,’ उनले रुँदै भनेकी थिइन् ।
उनलाई स्वयं सेवकले सम्झाउने कोशिष गरेका छन् ।
ओलीले पेश गरेको केन्द्रीय सदस्यको सूची अनुमोदन भएको छ । पदाधिकारीको सूची भने बाहिर आएको छैन ।