२५ जेठ २०८३, सोमबार

एमाले महाधिवेशनमा बिहान ९ बजेपछि चुनाव, केपी ओली र भीम रावलबीच टक्कर

एमाले महाधिवेशनमा बिहान ९ बजेपछि चुनाव, केपी ओली र भीम रावलबीच टक्कर

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा सहमति नजुटेपछि सोमवार बिहान चुनाव हुने भएको छ ।

आइतवार मध्यराति महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी प्रस्ताव गरेर सोमवार बिहान ९ बजेसम्मका लागि बन्दसत्र स्थगित गरेका छन् । 

बिहान ९ बजेपछि चुनावी कार्यक्रम शुरू हुने भएको छ । ओलीले पदाधिकारी प्रस्ताव गर्नुअघि भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने अडान लिएका छन् ।

बन्दसत्रमा ओलीले आगामी ५ वर्षको लागि निर्वाचित हुने पदाधिकारीमा आफ्नो नेतृत्वमा टीम घोषणा गरेका छन् । ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरेका छन् ।

वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ र महासचिवमा विष्णु पौडेलले पनि दावी गरेका थिए । ओलीले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेललाई प्रस्ताव गरेका छन् ।

प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाललाई उपमहासचिव प्रस्ताव गरेका छन् । टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई सचिवमा प्रस्ताव गरेका छन् । 

भीम रावलले उपाध्यक्षमा बस्न अस्वीकार गरेको ओलीले बताए । उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका घनश्याम भुसाल ओलीको टिममा अटाएका छैनन् । यसअघि सचिव रहेका भीम आचार्य रिङआउट भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्