असार १३, २०७९
मोरङको बेलबारी नगरपालिकाले उपमेयरका लागि गाडी खरिद नगर्ने भएको छ । असार १० गते शुक्रवार भएको नगर सभाले गाडी खरिद गर्नका लागि बजेट विनियोजन नगरेको हो । नगरपालिकाले बजेट ल्याउनु पूर्व तय...
काठमाडाैं | मंसिर १३, २०७८
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा सहमति नजुटेपछि सोमवार बिहान चुनाव हुने भएको छ ।
आइतवार मध्यराति महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी प्रस्ताव गरेर सोमवार बिहान ९ बजेसम्मका लागि बन्दसत्र स्थगित गरेका छन् ।
बिहान ९ बजेपछि चुनावी कार्यक्रम शुरू हुने भएको छ । ओलीले पदाधिकारी प्रस्ताव गर्नुअघि भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने अडान लिएका छन् ।
बन्दसत्रमा ओलीले आगामी ५ वर्षको लागि निर्वाचित हुने पदाधिकारीमा आफ्नो नेतृत्वमा टीम घोषणा गरेका छन् । ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरेका छन् ।
वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ र महासचिवमा विष्णु पौडेलले पनि दावी गरेका थिए । ओलीले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेललाई प्रस्ताव गरेका छन् ।
प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाललाई उपमहासचिव प्रस्ताव गरेका छन् । टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई सचिवमा प्रस्ताव गरेका छन् ।
भीम रावलले उपाध्यक्षमा बस्न अस्वीकार गरेको ओलीले बताए । उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका घनश्याम भुसाल ओलीको टिममा अटाएका छैनन् । यसअघि सचिव रहेका भीम आचार्य रिङआउट भएका छन् ।
मोरङको बेलबारी नगरपालिकाले उपमेयरका लागि गाडी खरिद नगर्ने भएको छ । असार १० गते शुक्रवार भएको नगर सभाले गाडी खरिद गर्नका लागि बजेट विनियोजन नगरेको हो । नगरपालिकाले बजेट ल्याउनु पूर्व तय...
नेकपा (एस)को केन्द्रीय परिषद्को पहिलो बैठक काठमाडौंमा सोमवारबाट शुरू भएको छ । मंगलवारसम्म चल्ने बैठकमा अध्यक्ष माधव नेपालले राजनीति तथा सांगठनिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा उनले वर्तमान ...
नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले पार्टीमा कुनै खालको विवाद नरहेको जिकिर गरेका छन् । पार्टी केन्द्रीय परिषद्को प्रथम बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भुसा...
शहरी विकास मन्त्री मेटमणि चौधरीलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका छन् । पदस्थापन अघि मन्त्री चौधरीलाई कर्मचारीले फूलमालाले स्वागत गरेका थिए । अहिले केहीबेरमा मन्त्री चौधरीले पदस्थापन गर्दैछन् । नेकपा ...
शहरी विकास मन्त्री मेटमणि चौधरीले सोमवार पदस्थापन गरेका छन् । त्यसअघि मन्त्रालयका कर्मचारीले उनलाई फूलमाला र खादाले स्वागत गरेका थिए । नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गा धितो राख्न रोक नलगाएको बताएकी छन् । सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक– २०७९ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण ...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...
बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्यो भने त्यो क्षम्य हुँदैन । बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...